मन्थली–खुर्काेट सडक मर्मतका लागि १८ करोड बजेट व्यवस्था भएको छ : राज्यमन्त्री तामाङ

रामेछाप । सङ्घीय सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ(कान्छारामले) रामेछापको मन्थली–खुर्काेट सडक मर्मतका लागि १८ करोड रुपैयाँ बजेटको व्यवस्था भएको बताउनुभएको छ । आइतबार रामेछापको मन्थली नगरपालिकाको १० औँ नगर स्थापना दिवस समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

मन्थली–खुर्काेट सडक रामेछाप सदरमुकाम मन्थलीबाट छोटो दुरीमा राजधानी काठमाडौँ पुगिने राष्ट्रिय राजमार्ग बिपी राजमार्ग जोड्ने सडक हो । यो सडक गत असोज १०, ११ र १२ गतेको अविरल वर्षासँगैको बाढी पहिरोले विभिन्न ठाउँमा क्षति गरेको छ । यो सडक अन्तरगत रामेछाप र सिन्धुली जोडिने सुनकोशीमा रहेको पक्की पुल पनि सुनकोशीमा आएको बाढीले बगाएको थियो ।

Advertisement

अहिले सो पुल बेलिबृज जडान गरी सञ्चालन गरिएको छ । बाढी पहिरोले क्षति गरेको रामेछापको मन्थली नगरपालिका क्षेत्रमा पर्ने मन्थली–खुर्काेट सडक मर्मत सम्भारका लागि १८ करोड रुपैयाँ बजेट व्यवस्था भएको राज्यमन्त्री तामाङको भनाइ छ । अबको एक महिनाभित्र टेन्डर गरी सडक मर्मतको काम सुरु हुने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो “बाढी पहिरोले क्षति गरेको मन्थली–खुर्काेट सडक निर्माणका लागि सङ्घीय सरकारबाट १८ करोड रुपैयाँ बजेट व्यवस्था भएको खबर आएको छ । अबको एक डेढ महिना भित्र सो बजेटबाट टेन्डर भएर काम सुरु हुन्छ ।”

आफ्नो अर्काको नभनी रामेछाप जिल्लाको विकासका लागि आफू लागि पर्ने उहाँले बताउनुभयो । जिल्लामा रहेका दुई वटा नगरपालिका र ६ वटा गाउँपालिकाको ६४ वटै वडाको विकासका लागि आफू लागि परेको उहाँले बताउनुभयो । उहाँले अझै पनि मन्त्री हुनुवित्तिकै मागे जति बजेटको व्यवस्था हुन्छ भन्ने मानसिकता रहेकाले यस्तो मानसिकताबाट स्थानीय सरकार लगायतका निकाय मुक्त हुनुपर्ने बताउनुभयो ।

Advertisement

कार्यक्रममा बागमती प्रदेश सांसद एवं प्रदेश पर्यटन तथा वातावरण समिति सभापति आनन्द श्रेष्ठ स्थानीय सरकारको मूल मर्म अनुसार अहिलेको संरचनाहरू ठुलो पो भयो कि? भन्ने विषयमा छलफल चल्न थालेको बताउनुभयो । पालिकाहरूलाई व्यवस्थित गर्नका ठुला संरचनाहरू निर्माण गरी आर्थिक दायित्व र आन्तरिक आयलाई वृद्धि गर्ने बारेमा छलफल भइरहेको उहाँले बताउनुभयो । अब स्थानीय स्तरमा विकासको मोडेल परिवर्तन गर्न आवश्यक रहेको पनि उहाँले बताउनुभयो ।

 

Advertisement

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च