रामेछाप । रामेछापको मन्थली नगरपालिकाले आत्मनिर्भर बनाउन महिलालाई सवारी चालक तालिम प्रदान गर्ने भएको छ । नगरपालिकाले महिला चालक उत्पादक तथा महिला लक्षित रोजगार कार्यक्रम मार्फत नगरपालिकाभित्रका १० जना महिलालाई सवारी चालक तालिम दिन लागिएको जनाएको छ । नगरपालिकाका रोजगार संयोजक रक्षित रेग्मीले सोमबार एक सूचना प्रकाशन गरी इच्छुक महिलालाई सम्बन्धित वडा कार्यालय तथा नगरपालिकाको रोजगार सेवा केन्द्रमा गई विवरण दिन आग्रह गर्नुभएको छ । महिलालाई सवारी चालक सिप प्रदान गरी आत्मनिर्भर बनाउने उद्देश्यले तालिम प्रदान गर्न लागिएको नगरपालिकाले जनाएको छ ।
मन्थली नगरपालिकाले महिलालाई आत्मनिर्भर बनाउन सवारी चालक तालिम दिने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%
angry
ताजा समाचार
धेरै कमेन्ट गरिएका
1 Comment
1 Comment
1 Comment
1 Comment
1 Comment
ट्रेन्डिङ
१
२
३
४
५
६
७
८
प्रतिक्रिया