पहिलो चौमासिकमा मन्थली नगरपालिकाको न्यायिक समितिमा जम्मा ११ उजुरी

रामेछाप । रामेछापको मन्थली नगरपालिकाको न्यायिक समितिमा चार महिनाको अवधिमा ११ वटा विवाद दर्ता भएका छन् । चालु आर्थिक वर्षको पहिलो चौमासिक अर्थात् गत साउनदेखि कात्तिकसम्म ११ वटा विवादका उजुरी दर्ता भएका हुन् ।

चालु आर्थिक वर्ष २०८१÷०८२ को कात्तिक महिनासम्म ११ वटा उजुरी दर्ता भएको र गत आर्थिक वर्षको जिम्मेवारी सरेर आएको ९ वटा गरी २० वटा विवाद न्यायिक समितिमा रहेकोमा ८ वटा विवाद फर्छ्योट भएको नगरपालिकाका कानुन अधिकृत सुदर्शन कुमार रायले बताउनुभयो । न्यायिक समिति समक्ष प्राप्त हुन आएका उजुरीहरूको समयमै सुनुवाइ गरिएको उहाँले बताउनुभयो ।

Advertisement

उजुरी सुनुवाइका लागि ईजालसको व्यवस्था लगायत न्याय सम्पादनको कामलाई अझै प्रभावकारी बनाउन न्यायिक समिति लागि परेको उहाँले बताउनुभयो ।
गत दुई वर्षको तथ्याङ्कलाई हेर्दा मन्थली नगरपालिकाको न्यायिक समितिमा आउने विवादहरू क्रमशः घट्दै गएको देखिन्छ । गत आर्थिक वर्ष २०८०÷०८१ मा ३१ वटा विवादहरू न्यायिक समितिमा दर्ता भएका थिए । यो वर्ष यसअघिको वर्षको जिम्मेवारी सरेर आएका ९ वटा विवाद सहित ४० वटा विवाद रहेकोमा ३१ वटा विवाद फर्छ्योट भएको थियो ।

त्यसै गरी आर्थिक वर्ष २०७९÷०८० मा मन्थली नगरपालिकाको न्यायिक समितिमा ४२ वटा विवाद दर्ता भएका थिए । यो वर्ष अघिल्लो वर्षको जिम्मेवारी सरेर आएका ६ वटा सहित ४८ वटा विवादमा ३९ वटा फर्छ्योट भएको थियो ।

Advertisement

वडा स्तरमा हुने विवादहरूको मेलमिलापका माध्यमबाट समाधानका लागि नगरका १४ वटै वडामा मेलमिलाप केन्द्र र दक्ष मेलमिलाप कर्ताहरू क्रियाशील रहेका न्यायिक समितिले जनाएको छ ।

 

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च