अवरुद्ध राहदानी सम्बन्धी सेवा आगामी आइतबारबाट पुनः सञ्चालन हुने

रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापमा अवरुद्ध भएको राहदानी सम्बन्धी सेवा आउने आइतबारबाट पुनः सञ्चालन हुने भएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले शुक्रवार एक सूचना प्रकाशन गरी राहदानीको अनलाइन प्रणालीमा आएको समस्याका कारण रोकिएको राहदानी सेवा यही मङ्सिर २३ गते आइतबारबाट पुनः सञ्चालन हुने जनाएको हो ।

प्रशासनको सूचनामा केही दिन देखि राहदानीको अनलाइन प्रणालीमा आएको समस्याका कारण अवरुद्ध भएको सेवा राहदानी विभागबाट मर्मत भई पुनः सञ्चालनमा आएको हुँदा यस कार्यालयबाट राहदानी सम्बन्धी सेवा २०८१ मङ्सिर २३ गते आइतबारदेखि सुचारु हुने ब्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ भनिएको छ ।

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च