उमाकुण्ड गाउँपालिकामा पुस पहिलो हप्ता एकीकृत घुम्ती शिविर सञ्चालन हुने

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाले आफ्नो सेवालाई चुस्त र प्रभावकारी बनाउन वडा तहमा एकीकृत घुम्ती शिविर कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले आगामी पुस महिनाको पहिलो हप्ता सबै वडा केन्द्रमा सञ्चालन गर्ने शिविरमा स्वास्थ्य, सामाजिक विकास, कृषि, पशु र पञ्जीकरण सेवा लिन सकिनेछ ।

घुम्ती शिविरमा नागरिकता वितरण, राष्ट्रिय परिचय पत्र वितरण तथा सङ्कलन, अपाङ्गता परिचय पत्र, स्वास्थ्य सेवा, पशु सेवा, कृषि सेवा, लगायतका सेवा उपलब्ध हुने बताइएको छ । ७ वटा वडा रहेको उमाकुण्ड गाउँपालिकाको प्रत्येक वडा केन्द्रमा एक दिनका दरले पुस १ गतेदेखि ७ गतेसम्म क्रमशः शिविर सञ्चालन हुने बताइएको छ । गाउँपालिकाको आयोजनामा हुने शिविरमा नागरिकता वितरण र राष्ट्रिय परिचय पत्रका लागि विवरण सङ्कलन गरिने भएकाले सोही अनुसार तयारी भएको जिल्ला प्रशासन कार्यालय रामेछापका नायव सुब्बा लक्ष्मण भुजेलले जानकारी दिनुभयो ।

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च