रामेछापको मन्थलीमा लाखौँ रुपैयाँको छुर्पी उत्पादन

रामेछाप । रामेछाप सदरमुकाम मन्थलीमा सञ्चालित चिरञ्जीवी डेरी उद्योगले जाडोयाममा छुर्पी उत्पादन गर्दै आएको छ । जाडोको मौसममा दही, मोहीलस्सी जस्ता दुग्धजन्य पदार्थ कम जाने भएकाले उद्योगले छुर्पी उत्पादन गर्दै आएको सञ्चालक भानु श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो, “जाडोमा दही, मोही लस्सी जस्ता दुग्धजन्य पदार्थ कम जान्छ । जसले गर्दा कृषकले उत्पादन गर्ने दुध खपत पनि कम हुन्छ । यही कुरालाई ध्यानमा राख्दै उद्योगले विगत छ वर्षदेखि छुर्पी उत्पादन गर्दै आएको छ । जाडो मौसममा दैनिक छ सय लिटर दुध छुर्पी उत्पादनमा खपत भइरहेको छ ।” जाडोको सिजनमा ३० लाख रुपियाँभन्दा बढीको छुर्पी उत्पादन हुने गरेको उहाँले बताउनुभयो । उद्योगबाट उत्पादित छुर्पी प्रतिकेजी नौ सय रुपियाँमा काठमाडौँ जाने गरेको उहाँले बताउनुभयो । व्यवसायको हिसाबले हेर्दा छुर्पीबाट खासै फाइदा पनि नहुने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “दुग्धजन्य पदार्थमा खासै फाइदा हुँदैन । छुर्पीमा झनै फाइदा छैन । फेरि जाडोमा दही, मोही लस्सी जस्ता आइटम खासै जाँदैन । यही समस्याका कारण छुर्पी उत्पादन गर्नु हाम्रो बाध्यता हो ।” पहिला मानिसले खाने छुर्पी मात्रै उत्पादन गर्दै आएको उद्योगले अहिले कुकुरले खाने (डगइट) छुर्पीको पनि उत्पादन सुरु गरेको उहाँले बताउनुभयो । २०६७ साल माघ ४ गते स्थापना भएको चिरञ्जीवी डेरी उद्योगले अहिले मन्थली र रामेछाप नगरपालिकाका गरी २७५ जना किसानले उत्पादन गरेको दुध खपत गरिरहेको छ ।
रामेछाप सदरमुकाममा रहेको रामेछाप दुध डेरीले पनि जाडोयाममा छुर्पी उत्पादन गर्दै आएको छ । रामेछाप दुध डेरीले अहिले दैनिक पाँच लिटर दुधको छुर्पी उत्पादन गरिरहेको सञ्चालक किशोर पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “डेरीले अहिले मासिक सात सय केजी छुर्पी उत्पादन गरिरहेको छ । यो परिणाममा छुर्पी उत्पादन गर्दा मासिक १४ हजार सात सय लिटर दुध खपत भइरहेको छ । उत्पादनको रेसियोलाई हेर्दा जाडो मौसममा तीन हजार पाँच केजीभन्दा बढी छुर्पी उत्पादन हुन्छ तर बजारमा छुर्पीको खपत राम्रो छैन ।”

Advertisement

अहिले बिक्री भइरहेको दर प्रतिकिलो नौ सय रुपियाँले हिसाब गर्दा पनि ३० लाख ५० हजार रुपियाँभन्दा बढीको यो जाडो मौसममा छुर्पी उत्पादन हुने उहाँको अनुमान छ । जाडो मौसममा दुधका धेरै परिकार नजाने भएकाले डेरी उद्योगहरू छुर्पी बनाउन बाध्य रहेको उहाँले बताउनुभयो । स्थानीय सरकारले दुध उत्पादक कृषकलाई विभिन्न प्रोत्साहन दिएपछि पछिल्लो समय दुध उत्पादन बढे पनि दुग्धजन्य परिकारको खपत भने घट्दो मात्रामा रहेको उहाँले बताउनुभयो । सञ्चालक पौडेलका अनुसार रामेछाप दुध डेरीले अहिले रामेछापका ११० जनाभन्दा बढी किसानले उत्पादन गरेको दुध खपत गरिरहेको छ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च