मुक्तक

बोल्नुस हाँसेर कुनै दिन बोली नआउन सक्छ…..

आजको काम आजै गर भोलि नआउन सक्छ
सधैंभरी खुसीहरु बटुलेर झोली नआउन सक्छ ।।
लोभ,घमण्ड ईर्ष्या आखिर कुकर्म केका लागि
बोल्नुस हाँसेर कुनै दिन बोली नआउन सक्छ ।।

तिमी आगो अनि म पानी भन्नेले नै
तिमी सर्वस्व मेरै जिन्दगानी भन्नेले नै ।।
बोली र व्यबहारमा फरक गर्छन् यहाँ
यो मुटु तिम्रो मायाको खानी भन्नेले नै ।।

Advertisement

यो सन्सारमा खै कुन्नी हुन्छन् कि हुन्नन् भगवान
हुन्छन् भने किन गरिबको समस्या हुन्नन् समाधान ।।
पसिना चुहाउछन दिनरात आफ्नो जिविका धान्न
किन तिनै परिश्रमी यो धर्तीमा कहिल्यै हुन्नन् महान ।।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च