मन्थलीमा स्थानीय कृषि उपज बिक्री केन्द्र सञ्चालन

रामेछाप । रामेछाप सदरमुकाम मन्थलीमा किसानले उत्पादन गरेका कृषि उपजहरूलाई सहज रूपमा बजारमा पु¥याउने उद्देश्यले स्थानीय कृषि उपज बिक्री केन्द्र सञ्चालनमा आएको छ । किसानको बारीदेखि तपाईँको थालीसम्म नारा लिएर तामाकोशी एग्रो एकेडेमी एन्ड रिसर्च सेन्टर प्रालिले सञ्चालन गरेको स्थानीय कृषि उपज बिक्री केन्द्रको सोमबार मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले उद्घाटन गर्नुभएको छ ।

स्थानीय कृषि उपज बिक्री केन्द्रबाट रामेछाप जिल्लाका आठ वटै स्थानीय तहका किसानले उत्पादन गरेका फलफूल, गेडागुडी लगायतका कृषि उपजहरू बिक्री वितरण हुने सञ्चालक कुमार श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो“रामेछापमा आठ वटा स्थानीय तह छन् । जहाँ धेरै किसानहरूले फलफूल, तरकारी र गेडागुडी लगायतका कृषि उपजहरू उत्पादन गरिरहेका छन् । किसानले उत्पादन गरेका उपजहरू सङ्कलन गरी बिक्री वितरण गर्न स्थानीय कृषि उपज बिक्री केन्द्र सञ्चालन गरिएको हो ।”

Advertisement

यसलाई दिगो रूपमा सञ्चालनका लागि जिल्लाका सबै स्थानीय तहसँग समन्वय गरेर अगाडी बढ्ने उहाँले बताउनुभयो । स्थानीय सरकारले पनि एक वडा एक कृषि उपज उत्पादन जस्ता कार्यक्रमहरू सञ्चालन गरिरहेको अवस्थामा स्थानीय कृषि उपज बिक्री केन्द्र स्थानीय सरकारको सहयोगी बन्न सक्ने उहाँले बताउनुभयो । रामेछाप जिल्लाभरका किसानले उत्पादन गर्ने कृषि उपजहरु र त्यसको बजारलाई ध्यानमा राखेर स्थानीय कृषि उपज बिक्री केन्द्र ल्याइएको केन्द्रका निर्देशक हिरा श्रेष्ठले बताउनुभयो ।

मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले मन्थली नगर भित्रका किसानले उत्पादन गरेका कृषि उपजहरूको नगरकै मातहतमा लेवलिङ र प्याकेजिङ गरी बजार पठाउने तयारी गरिरहेको बताउनुभयो । कृषकले उत्पादन गरेका कृषि उपजहरू बिक्री वितरणका लागि यस्ता स्थानीय कृषि उपज बिक्री केन्द्रहरू आवश्यक रहेको उहाँले बताउनुभयो ।

Advertisement

उहाँले भन्नुभयो “अहिले स्थानीय कृषि उपज बिक्री केन्द्र सञ्चालन भएको छ । मन्थली नगरपालिका भित्रका किसानको कृषि उत्पादन बिक्री वितरणका लागि नगरले समन्वय गर्छ । यस्ता कृषि उपज बिक्री केन्द्रको दिगो रूपमा सञ्चालनका लागि नगरपालिकाले आवश्यक सहयोग पनि गर्नेछ ।”
स्थानीय सरकार कृषि क्षेत्रको विकास गर्न विभिन्न योजना निर्माण गरी लागि परेकाले यसमा सबै निकायको साथ सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो ।

Advertisement

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च