दुर्गम हिमाली गाउँ गुम्देलमा एकीकृत घुम्ती शिविर

रामेछाप । रामेछाप जिल्लाकै दुर्गम मानिने हिमाली गाउँ उमाकुण्ड गाउँपालिका–१ गुम्देलका नागरिकलाई राज्यले प्रदान गर्ने सेवा गाउँमा नै दिने उद्देश्यले एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको छ ।

गाउँपालिकाका सात वटै वडामा घुम्ती शिविर सञ्चालन गर्ने लक्ष्यका साथ उमाकुण्ड गाउँपालिकाले वडा नं १ गुम्देलबाट एकीकृत घुम्ती शिविर सञ्चालन गरेको हो । घुम्ती शिविर अभियानको सोमबार गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले गुम्देलबाट शुभारम्भ गर्नुभएको छ ।
घुम्ती शिविरको शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष सुनुवारले गाउँपालिकाको कार्यालयबाट प्रदान हुने सेवाहरूलाई वडा तहमै प्रदान गर्ने उद्देश्यले घुम्ती शिविर सञ्चालन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो “उमाकुण्ड गाउँपालिका–१ गुम्देल जिल्लाकै दुर्गम मानिने हिमाली गाउँ पनि हो ।

Advertisement

यहाँका नागरिकलाई नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्रको विवरण भर्ने सहित गाउँपालिकाको सेवा दिने गरी शिविर सञ्चालन गरिएको हो । गुम्देलबाट सुरु भएको एकीकृत घुम्ती शिविर गाउँपालिकाको सात वटै वडामा सञ्चालन गर्ने लक्ष्य छ ।”
शिविरमा नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्रका लागि विवरण भर्ने, व्यवसाय दर्ता, व्यवसाय इजाजत पत्र, अपाङ्गता परिचयपत्र, ज्येष्ठ नागरिक परिचयपत्र वितरण तथा योजना सम्झौता लगायतका काम भएको गाउँपालिकाका उद्यम विकास सहजकर्ता रणबहादुर कार्कीले बताउनुभयो ।

उहाँका अनुसार सोमबार गुम्देलमा सञ्चालन भएको शिविरमा ३० जनाले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । त्यस्तै ५७ जनाले राष्ट्रिय परिचयपत्रको लागि विवरण दिएका छन् । एक जनाले व्यवसाय दर्ता, एक जनाले व्यवसाय इजाजत, एक जनाले पुँजी वृद्धि तथा एउटा योजना सम्झौता गरेको र एक जनालाई अपाङ्गता परिचयपत्र प्रदान गरिएको उद्यम विकास सहजकर्ता कार्कीले बताउनुभयो ।

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च