रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–२ बाम्तीभण्डारमा मङ्गलवार एकीकृत घुम्ती शिविर सम्पन्न भएको छ । नागरिकलाई राज्यले प्रदान गर्ने सेवा गाउँमा नै दिने उद्देश्यले उमाकुण्ड गाउँपालिकाले वडा तहमा एकीकृत घुम्ती शिविर अभियान सञ्चालन गरिरहेको ।
७ वटा वडा रहेको उमाकुण्ड गाउँपालिकाले गाउँपालिकाको कार्यालयबाट प्रदान हुने सेवाहरूलाई वडा तहमै प्रदान गर्ने उद्देश्यले सोमबार वडा नं १ गुम्देलबाट एकीकृत घुम्ती शिविर प्रारम्भ गरेको थियो । मङ्गलवार वडा नं २ बाम्तीभण्डारमा सम्पन्न भएको शिविरबाट ३४ जना नागरिकले नेपाली नागरिकताको प्रमाणपत्र लिएका उमाकुण्ड गाउँपालिकाबाट मणिराज सुनुवारले जानकारी दिनुभयो ।
Advertisement
उहाँका अनुसार शिविरमा ५ जनाले व्यवसाय दर्ता गरेका छन् भने एक जनाले व्यवसाय विवरण संशोधन गरेका छन् । एक जनाले व्यवसाय सञ्चालनका लागि इजाजत पत्र प्राप्त गरेका छन् । शिविरमा वडामा सम्पन्न हुने ६ वटा योजनाको सम्झौता पनि भएको छ ।
प्रतिक्रिया