चितवनलाई हराउँदै कर्णाली एनपीएलको दोस्रो क्वालिफायरमा

काठमाडौं । इलिमिनेटरमा चितवन राइनोजलाई हराउँदै कर्णाली याक्स नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । कर्णालीले दिएको १७६ रनको लक्ष्य पछ्याएको चितवन निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५४ रन मात्र बनाउन सक्यो । चितवनका रवि बोपाराले सर्वाधिक ५३ रन बनाएपनि जित निकाउन सकेनन् ।

उनले ३३ बलमा ३ चौका र ४ छक्का प्रहार गरे । ओपनर विपिन रावल १८, लुक बेनकेन्सटाइन १६, कप्तान कुशल मल्ल २१, सन्तोष कार्की ८, सोहिल तानविर ४, अमर रौटेला ९ र रिजन ढकाल ७ रनमा आउट भए । शरद भेषवाकर १० रनमा अविजित रहे । बलिङमा कर्णालीका जिशन मक्सुदले ३, कप्तान सोमपाल कामी र नन्दन यादवले र विपिन शर्माले एक विकेट लिए । त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७५ रन बनायो ।

Advertisement

कर्णालीका दुई ब्याटरले अर्धशतक प्रहार गरे । ओपनर जयकिशन कोल्सावाला र विलियम बोसिस्टाले अर्धशतक पुरा गरे । जयकिशन ४३ र विलियम ५२ रनमा बनाएर आउट भए । रित गौतम ०, जिसन मक्सदु १४, देव खनाल ३ र गुल्सन झा ० रनमा आउट भए । चाडविक वाल्टन ४६ रनमा अविजित रहे । विलियमले जयकिशनसँग मिलेर ५९ र चाडविकसँग मिलेर ६७ रनको साझेदारी गरेका थिए । बलिङमा सोहिल तवविरले २, शरद भेषावकर, कप्तान कुशल मल्ल र रवि बोपाराले एकएक विकेट लिए । कर्णालीले अब फाइलन प्रवेशका लागि जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबिचको खेलमा पराजित हुने टोलीसँग खेल्नेछ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च