जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएल क्रिकेटको फाइलनमा

काठमाडौं । जनकपुर बोल्ट्सलाई हराउँदै सुदूरपश्चिम रोयल्स पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा पुगेको छ ।

आज भएको पहिलो क्वालिफायरमा सुदूरपश्चिमले जनकपुरलाई ८ विकेटले हरायो । जनकपुरले दिएको १ सय ४० रनको लक्ष्य सुदूरपश्चिमले १८ ओभर ३ बलमा २ विकेट गुमाएर भेटायो । सुदूरपश्चिमका विनोद भण्डारीले ५८, सेफ अली जेबले ३२ रन बनाए । जनकपुरका ललित राजवंशी र किशोर महतोले १÷१ विकेट लिए ।

Advertisement

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जनकपुरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रन बनायो । जनकपुरका जेम्स नीशमले ४५ रन बनाए । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए ।

अब जनकपुरले फाइनल प्रवेशका लागि भोलि दोस्रो क्वालिफायरमा कर्णाली याक्ससँग खेल्नेछ । यो खेलमा विजयी हुने टोलीले फाइनलमा सुदूरपश्चिमसँग खेल्नेछ । एनपीएलमा आज बिहान भएको इलिमिनेटरमा चितवन राइनोजलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा पुगेको छ ।फाइनल खेल आउँदो शनिवार हुनेछ ।

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च