रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–३ कुभुकास्थलीमा बुधवार एकीकृत घुम्ती शिविर सम्पन्न भएको छ । नागरिकलाई राज्यले प्रदान गर्ने सेवा गाउँमा नै दिने उद्देश्यले उमाकुण्ड गाउँपालिकाले वडा तहमा एकीकृत घुम्ती शिविर अभियान सञ्चालन गरिरहेको ।
७ वटा वडा रहेको उमाकुण्ड गाउँपालिकाले गाउँपालिकाको कार्यालयबाट प्रदान हुने सेवाहरूलाई वडा तहमै प्रदान गर्ने उद्देश्यले सोमबार वडा नं १ गुम्देलबाट एकीकृत घुम्ती शिविर प्रारम्भ गरेको थियो ।
Advertisement
बुधवार वडा नं ३ कुभुकास्थलीमा सम्पन्न भएको शिविरबाट ३६ जना महिला र २५ जना पुरुष गरी ६१ जना नागरिकले नेपाली नागरिकताको प्रमाणपत्र लिएका उमाकुण्ड गाउँपालिकाबाट मणिराज सुनुवारले जानकारी दिनुभयो । शिविरमा ८४ जनाको राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गरिएको छ । त्यसै गरी एक जनाले व्यवसाय दर्ता गरेका छन् भने एक जनालाई क वर्गको अपाङ्गता भएको परिचयपत्र वितरण गरिएको छ । शिविरमा वडामा सम्पन्न हुने ५ वटा योजनाको सम्झौता पनि भएको छ ।
प्रतिक्रिया