वर्तमान समयमा सूचना मानिसको शरीरमा रक्तसञ्चारका लागि अक्सिजन जस्तै हो : मन्त्री लामिछाने

रामेछाप । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले जिल्ला समन्वय समितिलाई अधिकार सम्पन्न बनाउन प्रदेशले आवश्यक कानुन तथा नियमावली बनाउने बताउनुभएको छ ।

बिहीबार रामेछाप सदरमुकाम मन्थलीमा प्रदेश सूचना पुनरावेदन समितिको कार्यालय हेटौँडाले आयोजना गरेको सूचनाको हक प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री अधिकारीले यस्तो बताउनुभएको हो ।
कार्यक्रममा मन्त्री लामिछानेले भन्नुभयो “जिल्ला समन्वय समितिलाई अधिकारहरू दिनुप¥यो । प्रदेश सरकारले समन्वय बढाउनु प¥यो जस्ता महत्त्वपूर्ण कुराहरू उठेका छन् । यसबारेमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । जिल्ला समन्वय समितिलाई अधिकार सम्पन्न बनाउन के कस्ता कानुनहरू, नियमावलीहरू बनाउनुपर्ने हो ।यसबारेमा सहजीकरण गर्न मन्त्रालय तयार छ ।”
मन्त्री लामिछानेले जिल्ला समन्वय समिति मार्फत लिखित रूपमा सुझावहरू लिएर आवश्यक कानुन तथा नियमावलीहरू निर्माण गर्ने प्रतिबद्धता जनाउनुभयो ।

Advertisement

मन्त्री लामिछानेले सूचना विना कुनै पनि कुराको कल्पना पनि गर्न नसक्ने अवस्था रहेको भन्दै वर्तमान समयमा सूचना मानिसको शरीरमा रक्तसञ्चारका लागि अक्सिजन सरह भएको बताउनुभयो ।
उहाँले भन्नुभयो “प्रविधिमा आएको नवीनतम विकासले यसको प्रकाशन प्रसारण र पहुँचमा धेरै नै सहजता ल्याएको छ । यो सँगै चुनौतीहरू पनि थपिएका छन् । मन्छेलाई सत्यको नजिक पु¥याउन सूचना अत्यावश्यक छ । सत्य र वास्तविकता एकै हुन् वा भिन्न हुन् यो विषयमा पनि ठुलो बहस चलेको छ । तर हामी सूचनाले मात्रै सत्यको नजिक पुग्न सक्छौँ । तब सही विश्लेषण गर्न सक्छौँ । यही कारण पनि सूचना हाम्रो शरीरमा रक्तसञ्चारका लागि अक्सिजन सरह भएको छ ।”

सूचनाको हकसम्बन्धी अभ्यास लोकतान्त्रिक व्यवस्थासँग जोडिएकाले सुशासन स्थापना गर्न पनि सूचनाको महत्त्वपूर्ण भूमिका रहेको उहाँले बताउनुभयो । सूचनाको हक नागरिकको हक भएकाले सबै स्थानीय तहका वडा तहसम्मै पुगेर सूचनाको हक सम्बन्धी जागरण अभियान र सूचनाको हकको सफलतापूर्वक कार्यान्वयन गर्न मन्त्रालय लागि परेको उहाँले बताउनुभयो ।

Advertisement

बागमती प्रदेश सूचना पुनरावेदन समितिका अध्यक्ष हरिप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला स्थित सरकारी कार्यालयहरूका सूचना अधिकारीहरू र वडा सचिवहरूको सहभागिता रहेको थियो । कार्यक्रममा रामेछापका प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलले कानुन बमोजिम आवश्यक सूचना उपलब्ध गराउन सूचना अधिकारीहरूलाई आग्रह गर्नभयो । जिल्ला समन्वय समिति रामेछापका उपप्रमुख प्रेमबहादुर थापाले जिल्ला समन्वय समितिलाई अधिकार सम्पन्न बनाउन र जिससको कामलाई प्रभावकारी बनाउने गरी आवश्यक कानुनहरू निर्माण गरिदिन प्रदेश सरकारसँग माग गर्नुभयो ।

 

Advertisement

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च