मन्थली नगरपालिकाः राष्ट्रपति रनिङ शिल्ड माघ १४ देखि १६ गतेसम्म, नगरकप फागुन ३ गतेदेखि

रामेछाप । रामेछापको मन्थली नगरपालिका स्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ आगामी माघ १४ गतेबाट सुरु हुने भएको छ ।

आइतबार मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठको प्रमुख आतिथ्यतामा बसेको मन्थली नगर खेलकुद विकास समितिको बैठकले आगामी माघ १४, १५ र १६ गते तीन दिन मन्थली नगर स्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ आयोजना गर्ने निर्णय गरेको मन्थली नगर खेलकुद विकास समितिका अध्यक्ष गोपाल माझीले बताउनुभयो ।

Advertisement

नगरपालिकाका महाशाखा प्रमुख हेमन्त बुढाथोकी र मन्थली नगरपालिका–२ का वडा अध्यक्ष सुरेन्द्र बहादुर कार्कीको उपस्थितिमा बसेको बैठकले तेस्रो मन्थली नगरपालिका कप २०८१ आयोजनाको मिति पनि तय गरेको छ । आगामी फागुन ३ गतेदेखि ७ गतेसम्म मन्थलीमा तेस्रो पुरुष र पहिलो महिला मन्थली नगर कप प्रतियोगिता सञ्चालन गर्ने बैठकले निर्णय गरेको अध्यक्ष माझीले बताउनुभयो ।

यस अघि पुरुषको मात्रै नगरकप आयोजना गरिँदै आएकोमा माग अनुसार यो वर्षबाट भने महिला, पुरुष दुवै प्रतियोगितामा समावेश गरिने बताउनुभयो । अब नगरपालिकाभित्रका सबै वडाहरूले अनिवार्य रूपमा महिला र पुरुष दुवै टिम बनाएर प्रतियोगितामा सहभागी हुनुपर्ने उहाँको भनाइ छ ।

Advertisement

बैठकमा मन्थली नगर खेलकुद विकास समितिमा मनोनीत नयाँ सदस्यहरूलाई अध्यक्ष माझीले खादा लगाएर स्वागत गर्नुभएको थियो । मनोनीत नयाँ सदस्यहरूलाई स्वागत गर्दै अध्यक्ष माझीले अब नगरपालिकाको समग्र खेलकुद क्षेत्रका विकासका लागि सबै एक जुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो । यसका लागि समितिमा रहने हरेक सदस्यको भूमिका महत्त्वपूर्ण हुने उहाँको भनाइ छ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च