मन्थली माविका विद्यार्थीलाई १२ लाख रुपैयाँ बराबरको न्यानो कपडा

रामेछाप । नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य समाजसेवी रत्नप्रसाद गौतमले रामेछापको जिल्लाकै सबैभन्दा बढी विद्यार्थी भएको मन्थली माविका विद्यार्थीलाई न्यानो कपडा सहयोग गर्नुभएको छ ।

विद्यालयमा नर्सरीदेखि १० कक्षासम्म अध्ययन गर्ने एक हजार २०० विद्यार्थीलाई ट्याक सुट लगायतका १२ लाख रुपैयाँ बराबरका न्यानो कपडा नेता गौतमले सहयोग गर्नुभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजप्रसाद सुवेदीले बताउनुभयो ।

Advertisement

उहाँले भन्नुभयो “सोमबार विद्यालयमा आयोजित एक कार्यक्रमका बिच नेता गौतमले विद्यालयलाई करिब १२ लाख रुपैयाँ बराबरको कपडा हस्तान्तरण गर्नुभएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा सहयोग गर्नुहुने नेता गौतमलाई विद्यालयको तर्फबाट धन्यवाद व्यक्त गर्दछु ।”
मन्थली माविका प्रधानाध्यापक डा. टङ्कप्रसाद दाहालले मन्थली माविको भौतिक पूर्वाधार निर्माणमा पनि गौतमको ठुलो योगदान रहेको बताउनुभयो । अहिले धेरै मानिसहरूसँग पैसा भए पनि सहयोगी भावना नभएको बताउँदै गौतमको सहयोगी भावनाको दाहालले सम्मान गर्नुभयो । उहाँले “भन्नुभयो मन्थली माविको भौतिक पूर्वाधार निर्माणमा नेता गौतमको ठुलो योगदान छ । अहिले झन्डै १२ सय विद्यार्थीलाई न्यानो कपडा हस्तान्तरण भएको छ । उहाँको सहयोगी भावनाको हामी सम्मान व्यक्त गर्दछौँ ।”

विद्यार्थी र अभिभावकलाई पठनपाठनमा उत्प्रेरित गर्न आफूले जिल्ला पार्टी र विद्यालय व्यवस्थापन समिति तथा विद्यालय प्रशासनसँग समन्वय गरी सहयोग गरेको नेता गौतमले बताउनुभयो । मन्थली मावि भित्रै कलेज समेत सञ्चालन भएकोले प्राविधिक विषय पढ्ने केही विद्यार्थीहरूलाई समस्या परे आफूले सकेको सहयोग गर्ने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो ।

Advertisement

उहाँले भन्नुभयो “विद्यार्थी र अभिभावकलाई पठनपाठनमा उत्प्रेरित गर्न यो सहयोग गरिएको हो । मन्थली मावि, क्याम्पस र प्राविधिक विषय पढ्ने विद्यार्थीहरूका लागि पनि सकेको सहयोग हुन्छ ।”
मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले समाज बुझ्नलाई विद्यार्थीको बानी व्यवहार बुझे पुग्ने बताउनुभयो । त्यसैले विद्यार्थीलाई अनुशासित र सुशिक्षित बनाउन समाजको सबै क्षेत्र लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा सो विद्यालयका पूर्वप्रधानाध्यापक गुञ्जबहादुर श्रेष्ठ, नेपाली कांग्रेस रामेछापका प्रवक्ता कुमार श्रेष्ठ, अनेरास्ववियु रामेछापका अध्यक्ष पुष्कर भट्टराई, विद्यालयको बाल क्लबकी अध्यक्ष मनसुन लामा लगायतले विद्यार्थीलाई जाडोको बेलामा न्यानो कपडा प्रदान गर्नुभएको भन्दै गौतमको प्रशंसा गर्नुभयो ।

Advertisement

कपडा वितरण कार्यक्रममा नेकपा एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरिया, सचिव प्रकाशकुमार कार्की, मन्थली क्याम्पसका अध्यक्ष उज्वल सुवेदी, नेकपा एमाले मन्थली नगरपालिका कमिटी अध्यक्ष रामबाबु घिमिरे, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सिताराम कार्की, अनेरास्ववियुका केन्द्रीय नेता शागरहरि अधिकारी, पूर्वशिक्षकहरू, विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो । विद्यालयलाई सहयोग गर्ने गौतमलाई विद्यालयले सम्मान गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च