उज्यालो चिसापानी कार्यक्रम अन्तरगत सडक बत्ती जडान

रामेछाप । रामेछापको मन्थली नगरपालिका–८ चिसापानीमा उज्यालो चिसापानी कार्यक्रम अन्तरगत सडक बत्ती जडान गरिएको छ । रातको समयमा सडक प्रयोगकर्ता, पैदल यात्री, सवारी चालकको सहजताका लागि वडामा उज्यालो चिसापानी कार्यक्रम अन्तरगत सडक बत्ती जडान गरिएको हो ।
चालु आर्थिक वर्ष २०८१÷०८२ को उज्यालो चिसापानी कार्यक्रम अन्तरगत सडक बत्ती जडान गरिएको वडा अध्यक्ष गोपाल श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो “चिसीपनामा उज्यालो चिसापानी कार्यक्रम अन्तरगत सडक बत्ती जडानको काम भएको छ । यो कार्यक्रमले रातको समयमा सडक प्रयोगकर्ता, पैदल यात्री, सवारी चालकको सहजता हुने विश्वास छ । यो कार्यक्रमले सडकको सौन्दर्ययता पनि बढाउने छ ।”

उज्यालो चिसापानी कार्यक्रम अन्तरगत वडाको धारानापनीदेखि गणेश थान भन्ने स्थानसम्म ८० वटा भन्दा बढी ठाउँमा सडक बत्ती जडान गरिने वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो । यो कार्यक्रमका लागि वडा कार्यालयले यो वर्ष दुई लाख रुपैयाँ बढी बजेटको व्यवस्था गरेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो “उज्यालो चिसापानी कार्यक्रम अन्तरगत ८० स्थानमा सडक बत्ती जडान हुनेछ । अहिले तत्काल ३० स्थानमा सडक बत्ती जडान गरिएको । बाकी रहेका स्थानमा पनि चालु आर्थिक वर्ष भित्रै जडान गर्ने हाम्रो लक्ष्य छ ।”

Advertisement

यो वडाले वडा भित्रका कालोपत्रे भएका साढे ७ किलो मिटर सडक हरियाली तथा सौन्दर्य बनाउनका लागि सडक किनारमा विभिन्न प्रजातिका बिरुवाहरू पनि लगाएको छ । उजाड हुँदै गएका गाउँ बस्तीहरूलाई हरियाली बनाउनका लागि वडावासीको सक्रिय सहभागितामा गत आर्थिक वर्षको अन्त्यमा रोपिएका बिरुवाहरू हुर्कने क्रममा रहेको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

स्थानीयको माग र सक्रिय सहभागितामा सडक हरियाली अभियान सुरु गरिएको र लगाइएका बिरुवा हुर्काउन पनि स्थानीय नै लागि परेको उहाँले बताउनुभयो ।

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च