रामेछाप । रामेछापको मन्थली नगरपालिका नगर स्तरीय कृषि तथा लघु उद्यम प्रदर्शनी मेला आयोजना गर्ने भएको छ ।
जिल्ला सदरमुकाम समेत रहेको नगरपालिकाले शिक्षित स्वस्थ, व्यावसायिक सहर, उत्थानशील र समृद्ध मन्थली नगर भन्ने मूल नाराका साथ दुई दिने कृषि तथा लघु उद्यम प्रदर्शनी मेला आयोजना गर्ने भएको हो ।
Advertisement
यही पुस १६ र १७ गते जिल्ला समन्वय समितिको परिसरमा हुने प्रदर्शनी मेलामा मन्थली नगरपालिकाभित्र उत्पादन तथा प्रशोधन भएका बाली वस्तुहरूको प्रदर्शनी गरिने नगर प्रमुख लव श्रेष्ठले बताउनुभयो ।
उहाँले भन्नुभयो“नगरभित्र उत्पादन भएका कृषि उपज तथा लघु उद्यमसँग सम्बन्धित उत्पादनको बजार व्यवस्थापनमा सहयोग पुगोस् भनेर मेला आयोजना हुँदै छ । मेलामा बालीतर्फ तरकारी, फलफूल, रैथाने बाली, दलहन, मौरीजन्य चिया कफी मसला बाली नर्सरी फूल कन्दमूल लगायतका उपजहरू राखिनेछ ।
पशुपन्छी तर्फ खसी, बोका, अन्डा र दूधजन्य उत्पादनहरू प्रदर्शनी गर्ने तयारी भएको छ । लघु उद्यम तर्फ ढाका, साबुन, सर्फ,बाँसबाट बनाइएका सामाग्रीहरू होसियारी, दुना टपरी जुस आदिको प्रदर्शनीमा राखिने पनि नगर प्रमुख श्रेष्ठले बताउनुभयो । मेलामा कृषि तथा उद्यमसँग सम्बन्धित परामर्श सेवा पनि प्रदान गर्ने नगरपालिका तयारी गरेको उहाँले बताउनुभयो ।
Advertisement
नगरपालिकाले कृषि तथा लघु उद्यम प्रदर्शनी मेला आयोजना गर्ने भएपछि नगरपालिका भित्र रहेका १४ वटै वडाका कृषक तथा लघु उद्यमीहरू उत्साहित भएका छन् । सबै वडा किसान तथा उद्यमीहरू आफूले उत्पादन गरेका उपज तथा बस्तुहरू मेलामा राख्न आवश्यक तयारीमा लागेका छन् ।
प्रतिक्रिया