मन्थली नगरपालिकाको सार्वजनिक सुनुवाइः विकास बजेट खर्च ६ प्रतिशत

रामेछाप । रामेछापको मन्थली नगरपालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा जम्मा २० प्रतिशत मात्रै बजेट खर्च गरेको छ । शुक्रवार वडा नं ७ भटौलीमा आयोजित पहिलो चौमासिकसम्म नगरपालिकाबाट सञ्चालन भएका विकास निर्माण, सेवा प्रवाह लगायतको सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटाले यसबारेमा जानकारी गराउनुभएको हो ।

उहाँका अनुसार आर्थिक वर्ष २०८१÷८२ का लागि विनियोजित बजेट कुल एक अर्ब एक करोड ९७ लाख ८१ हजार मध्ये पहिलो चौमासिकमा पुँजीगत तर्फ ६ प्रतिशत र चालु २६ प्रतिशत गरी कुल २० प्रतिशत खर्च भएको छ ।

Advertisement

तीन करोड ८५ लाख आन्तरिक राजश्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा लक्ष्यको ४५ प्रतिशत अर्थात् करिब एक करोड ७३ लाख राजश्व सङ्कलन भएको उहाँले बताउनुभयो । नागरिकको सुविधाको लागि अहिले वडा कार्यालयबाटै राजश्व सङ्कलन गर्ने व्यवस्था गरिएको उहाँको भनाइ छ ।
त्यस्तै आगामी चैत मसान्त सम्ममा नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गरिने बताउनुभयो ।

सङ्घ र प्रदेशका सहित नगरपालिकामा चालु आर्थिक वर्षमा ३७० वटा योजना रहेकोमा १०८ अर्थात् २९ प्रतिशत योजना सम्झौता भएको र २५ वटा योजनाको भुक्तानी समेत भएको उहाँले बताउनुभयो । फोहोर मैला प्रशोधन केन्द्र स्थापनाका लागि डिपिआर भएको बताउँदै ९ वटा वडाले आफ्नै भवनबाट सेवा प्रवाह गर्दै आएको, दुई वटा वडा कार्यालयको भवन निर्माणाधीन अवस्थामा रहेको र अन्य तीन वटा वडाको जग्गा व्यवस्थापनको काम भई रहेको प्रमुख प्रशासकीय अधिकृत सापकोटाले बताउनु भयो ।

Advertisement

कृषि तर्फ एक वडा एक उत्पादन पकेट कार्यक्रम सञ्चालन भइरहेको उहाँले बताउनुभयो । कार्यक्रममा सहभागीहरूले चालु आर्थिक वर्षको पहिलो चौमासिकसम्म नगरपालिकाबाट सञ्चालन भएका विकास निर्माण, सेवा प्रवाह लगायतका विषयसँग जोडिएका प्रश्न तथा जिज्ञासा राखेका थिए । प्रश्नहरूको नगर प्रमुख लव श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटा र वडा अध्यक्षहरूले जवाफ दिनुभएको थियो ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च