साना करदातालाई लेखा व्यवस्थापन तालिम

रामेछाप । रामेछापमा विभिन्न व्यवसाय सञ्चालन गरिरहेका साना करदाताहरूलाई लेखा व्यवस्थापन तालिम प्रदान गरिएको छ ।

साना करदाताहरू आफैले लेखा व्यवस्थापन गर्न सकुन् भन्ने उद्देश्यले मन्थली नगरपालिका–१ वडा कार्यालयको सहयोगमा रामेछाप उद्योग वाणिज्य सङ्घले तीन दिने लेखा व्यवस्थापन तालिम दिएको हो ।

Advertisement

जिल्लाका विभिन्न स्थानमा व्यवसाय सञ्चालन गरिरहेका ५५ जना साना करदाताहरूलाई गत बुधवारदेखि शुक्रवारसम्म मन्थलीमा लेखा व्यवस्थापन तालिम दिइएको रामेछाप उद्योग वाणिज्य सङ्घका कार्यकारी अधिकृत नवीन घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो “साना करदाताहरू आफैले लेखा व्यवस्थापन गर्न सकुन् भनेर तालिम दिइएको हो । यो तालिममा व्यवसायीहरूको उत्साहजनक उपस्थिति देखियो । यो तालिमले व्यवसायीहरूको लेखा प्रणालीमा सुधार आउने अपेक्षा गरिएको छ ।”

लेखा व्यवस्थापन बारे व्यवसायीहरूलाई जानकारी हुनु अत्यावश्यक रहेकाले लेखा व्यवस्थापन तालिम आयोजनामा वडा कार्यालयले सहयोग गरेको मन्थली नगरपालिका–१ का वडा अध्यक्ष होमप्रसाद पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो “लेखा तथा कर सम्बन्धी जानकारी नहुँदा गत वर्ष मन्थलीका एक जना व्यवसायीले ४० हजार रुपैयाँ तिरेर प्यान नै बन्द गर्नुभयो । यो विषयले हामीलाई छोयो । धेरै व्यवसायीहरूमा लेखा व्यवस्थापन बारे जानकारी नभएको महसुस गरी वडाले यो तालिमका लागि बजेट विनियोजन गरेको हो ।”

Advertisement

स्यानिटरी प्याड बनाउने तालिमको लागि पनि उद्योग वाणिज्य सङ्घले नगरपालिकामा प्रस्ताव पेस गरेको बताउँदै त्यसको विषयमा पनि छलफल भइरहेको वडाध्यक्ष पौडेलले बताउनुभयो ।

तीन दिने तालिममा साना करदाताहरूको राम्रो सहभागिता देखिएकाले तालिममा सिकेका कुराहरूलाई व्यवसायीहरूले प्रयोगमा ल्याउने रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष नवीन कुमार थापा मगरले बताउनुभयो ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च