मन्थली नगरपालिका–३ र ४ जोड्ने २९० मिटर लामो झोलुङ्गे पुल बन्दै

रामेछाप । रामेछापको मन्थली नगरपालिका–३ को अर्चले र वडा नं ४ को गैराथोक जोड्ने झोलुङ्गे पुल निर्माण भइरहेको छ । दुई वटै वडावासीलाई वर्षातको समयमा खेतीपाती गर्न सहजताका लागि बागमती प्रदेश सरकारको लगानीमा यो पुल बन्न लागेको हो ।

दुवै वडावासीलाई बर्षातको समयमा स्थानीय रणजोर खोला तरेर खेतपाती गर्न समस्या भएपछि स्थानीयको माग अनुसार पुल निर्माणको काम भइरहेको मन्थली नगरपालिका–३ का स्थानीय अम्बिका प्रसाद भटुराईले बताउनुभयो । उहाँले भन्नुभयो “मन्थली नगरपालिका–३ को अर्चले र वडा नं ४ को गैराथोकबासीलाई आफ्नो खेतबारीमा जान आउन बर्षामा समस्या छ । स्थानीय रणजोर खोलामा निर्माणाधीन झोलुङ्गे पुल बनेपछि दुबै वडाबासीलाई खेती पाती गर्न सहजता हुन्छ ।”

Advertisement

यो स्थानमा पुल निर्माणका लागि यहाँका स्थानीयले लामो समयदेखि माग गरिरहेकोमा बल्ल अहिले पुल निर्माण सुरु हुँदा स्थानीय खुसी भएका उहाँले बताउनुभयो ।
वर्षाको समयमा स्थानीय रणजोर खोलाका कारण दुबै वडाका स्थानीयलाई खेतीपाती सञ्चालन गर्न समस्या भएका कारण स्थानीयको माग अनुसार झोलुङ्गे पुल निर्माणको काम भइरहेको मन्थली नगरपालिका–३ का वडा अध्यक्ष कृष्णगोपाल थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो “वर्षाको समयमा रणजोर खोला तरेर स्थानीयले खेती चलान सक्दैनन् । जबरजस्ती गर्दा विगतमा स्थानीयलाई खोलाले बगाएको घटना पनि भएका छन् । अहिले स्थानीयको माग अनुसार वडा नं ३ को अर्चले र वडा नं ४ को गैराथोक जोड्ने गरी पुल निर्माण काम भइरहेको छ । यसले दुबै वडाका नागरिकलाई बर्षामा खेतीपातीका लागि आउ जाउमा सजिलो हुनेछ ।”

Advertisement

बागमती प्रदेश सरकारको एक करोड ७३ लाख रुपैयाँ बजेटबाट जिल्ला पुर्वधार विकास कार्यालय रामेछाप मार्फत यो पुल निर्माणको काम भइरहेको छ । २९० मिटर लम्बाई रहेको यो झोलुङ्गे पुल चालु आर्थिक वर्ष २०८१÷०८२ भित्रै निर्माण सम्पन्न गर्ने सम्झौता अनुसार काम भइरहेको जिल्ला पुर्वधार विकास कार्यालय रामेछापका प्रमुख विरेन्द्रकुमार बज्राचार्यले बताउनुभयो । निर्माण व्यवसायीले तीव्र गतिमा काम गरिरहेकाले यहि गतिमा काम भए सम्झौता अवधि भन्दा पहिले नै काम सम्पन्न हुने उहाँको भनाइ छ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च