पुस १६ र १७ गते मन्थलीमा हुने कृषि तथा लघु उद्यम प्रदर्शनी मेलाको तयारी पूरा, १२ लाख खर्च हुने

रामेछाप । रामेछापको मन्थली नगरपालिकाले पहिलो पटक आयोजना गरेको नगर स्तरीय कृषि तथा लघु उद्यम प्रदर्शनी मेलाको तयारी पूरा भएको छ।

जिल्ला सदरमुकाम समेत रहेको नगरपालिकाले शिक्षित स्वस्थ, व्यावसायिक सहर, उत्थानशील र समृद्ध मन्थली नगर भन्ने मूल नाराका साथ दुई दिने कृषि तथा लघु उद्यम प्रदर्शनी मेला आयोजना गर्दै छ ।

Advertisement

नगरपालिकाले आइतबार पत्रकार सम्मेलन गरी यही पुस १६ र १७ गते जिल्ला समन्वय समितिको परिसरमा हुने प्रदर्शनी मेलाको तयारी पूरा भएको जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा मथली नगरपालिकाका आर्थिक विकास शाखा अधिकृत गोविन्द कट्टेलले नगरपालिकाभित्र उत्पादन तथा प्रशोधन भएका बाली वस्तुहरूको प्रदर्शनीका लागि आयोजना गरिएको कृषि तथा लघु उद्यम प्रदर्शनी मेलाको तयारी पुरा भएको बताउनुभयो ।

उहाँले भन्नुभयो “पुस १६ र १७ गते हुने मेलाको तयारी लगभग सकिएको छ । मेलामा बालीतर्फ तरकारी, फलफूल, रैथाने बाली, दलहन, मौरीजन्य चिया कफी मसला बाली नर्सरी फूल कन्दमूल लगायतका उपजहरू हुनेछन् । पशुपन्छी तर्फ खसी, बोका, अन्डा र दूधजन्य उत्पादनहरू प्रदर्शनी गर्ने तयारी भएको छ ।”
लघु उद्यम तर्फ ढाका, साबुन, सर्फ,बाँसबाट बनाइएका सामाग्रीहरू होसियारी, दुना टपरी जुस प्रदर्शनीमा राखिने तयारी भएको उहाँले बताउनुभयो । प्रदर्शनी मेलाका लागि ५३ वटा स्टल तयार गरिएको र उक्त स्टल कृषक तथा उद्यमीहरूलाई निःशुल्क गरिएको उहाँले बताउनुभयो । यो सँगै स्टलमा आफ्नो उत्पादन राख्ने कृषक तथा उद्यमीहरूलाई प्रति स्टल एक जनालाई दुई दिनसम्म बस्ने, खाने र यातायात खर्चको पनि व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
कृषि तथा उद्यमसँग सम्बन्धित परामर्श सेवा पनि प्रदान गरिने दुई दिने कृषि तथा लघु उद्यम प्रदर्शनी मेलामा १२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले बताउनुभयो ।

Advertisement

उहाँले भन्नुभयो “नगरपालिकाले पहिलो पटक कृषि तथा लघु उद्यम प्रदर्शनी मेला गर्न लागेकाले छ । यो वर्ष यो मेलामा बढीमा १२ लाख रुपैयाँ बजेट खर्च हुने अनुमान गरिएको छ । यसबाट हुने कमीकमजोरीलाई सच्याएर अर्को वर्ष थप व्यवस्थित बनाउँछौँ।” नगरपालिकाले कृषि तथा लघु उद्यम प्रदर्शनी मेला आयोजना गर्ने भएपछि नगरपालिका भित्र रहेका १४ वटै वडाका कृषक तथा लघु उद्यमीहरू उत्साहित भएका छन् ।

 

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च