रामेछापमा गुडिरहेको टिफरबाट खसेर एक युवकको ज्यान गयो

रामेछाप । रामेछापमा गुडिरहेको टिफरबाट खसेर एक युवकको मृत्यु भएको छ ।

आइतबार दिउँसो मन्थली नगरपालिका–१ भैसेश्वर स्थित सुकाजोर खोलाबाट बालुवा लिएर मन्थली नगरपालिका–४ सालु तर्फ जाँदै गरेको प्रदेश नं.३०१००३ क ५७६४ नम्बरको टिपरबाट खसेर मन्थली नगरपालिका–४ सालु अर्चलेका ३२ वर्षका नारायण बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

Advertisement

गुडिरहेको टिफरको ढालाबाट लडी घाइते भएका बस्नेतको सदरमुकाम मन्थली स्थित तामाकोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रहरी निरीक्षक कौशल न्यौपानेले बताउनुभयो ।

उहाँका अनुसार टिफर र टिफर चालक मन्थली नगरपालिका.–५ सुनारपानीका वर्ष ३४ का कुमार कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च