रामेछापमा १५ करोड बढीको खानेपानी आयोजना क्षति, ६ आयोजना सञ्चालन गर्न रेडक्रसको सहयोग

रामेछाप । गत असोज १०, ११ र १२ गतेको अविरल वर्षाले क्षति गरेको रामेछापका ६ वटा लिफ्ट खानेपानी आयोजना सञ्चालनका लागि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापले सहयोग गरेको छ ।

यो वर्षको बाढी पहिरोले क्षति भएका ६ वटा लिफ्ट खानेपानी आयोजनाहरू सञ्चालनका लागि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापले ३० लाख रुपैयाँ भन्दा बढीको रकमको सामाग्री प्रदान गरिएको रेडक्रस रामेछापका मन्त्री दुर्गाबहादुर श्रेष्ठले बताउनुभयो ।

Advertisement

उहाँले भन्नुभयो “गत असोज १०, ११ र १२ गतेको वर्षाले रामेछापमा १५ करोड रुपैयाँ भन्दा बढीको खानेपानी आयोजनाहरू क्षति भएका छन् । यसबाट धेरै बस्तीहरूमा खानेपानीको अभाव भएको छ । यही कुरालाई ध्यानमा राखेर बाढी पहिरोले क्षति भएका ६ वटा लिफ्ट खानेपानी सञ्चालनका लागि ३० लाख रुपैयाँको पाइप, पम्प, कन्ट्रोल प्यानल, फिटिङका सामाग्री र तारहरू उपलब्ध गराएका छौँ ।”

रामेछाप नगरपालिका, खाँडादेवी र सुनापति गाउँपालिकामा रहेका ६ वटा लिफ्ट खानेपानी आयोजनालाई सम्बन्धित गाउँपालिकाको प्राविधिकले बनाएको स्टमेड र वडाको सिफारिस बमोजिम सामाग्री प्रदान गरिएको उहाँले बताउनुभयो ।

Advertisement

उहाँका अनुसार बाढी पहिरोले क्षति गरेको सुनापति गाउँपालिका–५ लुभुलामपाते लिफ्ट खानेपानी आयोजना, खाँडादेवी गाउँपालिका–३ को सित्खा बजार लिफ्ट खानेपानी आयोजना र वडा नं ४ को पुछिघाट लिफ्ट खानेपानी आयोजनालाई सामाग्री प्रदान गरिएको छ ।

त्यसै गरी रामेछापको नगरपालिका–७ को धनेघाटखर्क कालिकुवा खानेपानी लिफ्ट आयोजना, वडा नं ५ को छर्छरे छत्तिउने लिफ्ट खानेपानी आयोजना र कञ्चन खानेपानी लिफ्ट खानेपानी आयोजनालाई सामाग्री प्रदान गरिएको छ ।

Advertisement

रेडक्रस रामेछापले विशेष गरी बाढी पहिरोले क्षति गरेका सुनकोशी र तामाकोशीको पानी तान्ने लिफ्ट खानेपानी आयोजनाहरूमा पाइप लगायतका सामाग्रीहरू सहयोग गरिएको रेडक्रस रामेछापका सभापति शिव कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो “रामेछाप अति सुख्खा ग्रस्त जिल्ला हो । यहाँका धेरै बस्तीहरूमा तामाकोशी र सुनकोशीको पानी लिफ्ट मार्फत तानेर खानेपानी पु¥याइएको छ । यसरी सञ्चालित लिफ्ट खानेपानी आयोजनाहरूमा यो वर्षको बाढी पहिरोले ठुलो क्षति गरेको छ । यसरी क्षति भएका ६ वटा लिफ्ट खानेपानी आयोजनालाई रेडक्रस रामेछापले ३० लाख रुपैयाँ बराबरको सामाग्रीहरू प्रदान गरेको छ ।”

रेडक्रस रामेछापले रामेछाप नगरपालिका, खाँडादेवी र सुनापति गाउँपालिकाका विभिन्न स्थानमा बाढी पहिरोले क्षति गरेका खानेपानी आयोजनालाई सामाग्रीलाई प्रदान गरिएको उहाँले बताउनुभयो ।

रामेछाप अति सुख्खा ग्रस्त जिल्ला हो । यहाँका अधिकांश ठाउँहरूमा खानेपानीको समस्या छ । पानीका मुहानहरू कम हुन र भएका पनि क्रमशः सुक्दै गएपछि रामेछापका अधिकांश पालिकाको बस्तीहरूमा तामाकोशी र सुनकोशीको पानी लिफ्ट गरी खानेपानी सेवा प्रदान गरिएको छ ।

जिल्लाका विभिन्न स्थानमा लिफ्ट खानेपानी आयोजनाहरू निर्माणाधीन अवस्थामा छन् भने केही लिफ्ट खानेपानी आयोजनाहरू निर्माणका लागि योजना बनिसकेका छन् । गत असोज १०, ११ र १२ गतेको अविरल वर्षासँगैको बाढी पहिरोले लिफ्ट खानेपानी आयोजनाहरूमा क्षति गरेपछि रामेछापका धेरै बस्तीहरूमा खानेपानीको समस्यामा भएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च