मन्थलीमा विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रमः समस्या समाधानका लागि तत्काल कदम चाल्ने नगर प्रमुखको प्रतिबद्धता

रामेछाप । रामेछाप सदरमुकाम मन्थलीमा विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रम सम्पन्न भएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन मन्थली नगर कमिटीको आयोजनामा सोमबार कार्यक्रम भएको हो ।

अनेरास्ववियु मन्थली नगर कमिटीका अध्यक्ष उत्सव केसीको अध्यक्षता र संगठनका स्थायी कमिटी सदस्य तथा प्रकाशन विभाग प्रमुख सागरहरि अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

Advertisement

कार्यक्रममा मन्थली नगरपालिकाभित्र सञ्चालित विभिन्न विद्यालयका विद्यार्थी र मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठ, उपप्रमुख ईश्वरी बस्नेतबिच नगरपालिकाको शैक्षिक क्षेत्रको विकासबारे अन्तर संवाद भएको छ ।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले नगरपालिका भित्र रहेका विभिन्न शैक्षिक संस्थामाका समस्याहरू नगर प्रमुख, उपप्रमुख समक्ष राखेका छन् । सामान्य तथा सम्भव हुने सबै समस्याको तत्काल समाधानका लागि आवश्यक कदम चाल्दै सम्बन्धित निकायमा पत्राचार गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

Advertisement

विद्यार्थीहरूलाई जनप्रतिनिधि सँग प्रश्न गर्ने र जवाफ खोज्ने अवसर प्रदान गर्नका लागि कार्यक्रमको आयोजना गरिएको अनेरास्ववियु मन्थली नगर कमिटीका अध्यक्ष उत्सव केसीले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य नवराज पथिक, जिल्ला बार एसोसिएसन रामेछापका अध्यक्ष पाण्डव प्रसाईँ, अनेरास्ववियु रामेछापका अध्यक्ष पुष्कर भट्टराई लगायतको सहभागिता रहेको थियो ।

Advertisement

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च