काँग्रेसमा स्वतन्त्रता भए पनि छाडातन्त्र चल्दैन : मदन अमात्य 

रामेछाप । नेपाली काँग्रेसका केन्द्रीय सदस्य मदन अमात्यले नेपाली काँग्रेस प्रजातान्त्रिक पार्टी भएकाले प्रजातन्त्र भित्र स्वतन्त्रता हुने भए पनि छाडातन्त्र नहुने बताउनुभएको छ । नेपाल प्रेस युनियन रामेछापले मंगलबार मन्थलीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अमात्यले प्रजातन्त्रमा अराजकता नचल्ने बताउनुभएको हो । 
 
पार्टीका जिम्मेवार व्यक्तिले पार्टीका आन्तरिक कुरा सामाजिक सञ्जालमा छरपस्ट पार्नु अराजकता भएको बताउनुभयो । उहाँले भन्नुभयो “पार्टी भित्रका कुरा भित्रै छलफल गर्नुपर्छ, बाहिर विवादका कुरा गर्ने काम पार्टी हित विपरीत हो । यो अनुशासनहीन काम हो । यसलाई काँग्रेसले स्विकार्न सक्दैन ।” काम गर्ने क्रममा विमति रहे भित्रै छलफल गर्नुपर्ने बताउँदै उहाँले अराजक शैलीले छरपस्ट हुँदा पार्टी नचल्ने बताउनुभयो 
 
पार्टी भित्रका समस्या समाधान गर्दै प्रजातान्त्रिक हिसाबले पार्टीलाई अझ बलियो र एक ढिक्का बनाउन काँग्रेसले एक सय दिने अभियान सुरु गरेको उहाँको भनाइ छ । 
 
कार्यक्रममा नेपाली काँग्रेस रामेछापका सभापति एवं संघीय सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले देश निर्माणको लागि सबै मिलेर अघि बढ्नु पर्ने बताउनुभयो । सकेसम्म सबैलाई मिलाएर अघि बढ्नु पर्नेमा उहाँको जोड छ । 
 
तामाङलेले आफ्नो कार्यकालमा रामेछापमा नेपाली काँग्रेसलाई पहिलो पार्टी बनाउने पनि बताउनुभयो । पार्टी भित्रका राम्रा पक्षलाई प्रवर्धन गर्न र कमजोरी हटाउन अभियान सुरु भएको बताउँदै उहाँले आउने निर्वाचनमा एक्ले चुनाव लड्दा पनि काँग्रेसलाई पहिलो पार्टी बनाउने दाबी गर्नुभयो । 
 
पत्रकार भेटघाट कार्यक्रममा नेपाली काँग्रेस रामेछापका पूर्व सभापति रामचन्द्र खड्काले सहर केन्द्रित भएका नेता कार्यकर्तालाई गाउँमा पु¥याउन काँग्रेसले अभियान सुरु गरेको बताउनुभयो । नेताले मनोमानी ढङ्गले गरेको निर्णय अरूले बोकेर हिँड्न नसक्ने बताउँदै खड्काले सामूहिक निर्णयले पार्टी अघि बढ्ने स्पष्ट पार्नुभयो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च