बागमती प्रदेशमा अझै ७ सचिव रिक्त, प्रशासनिक काम प्रभावित

हेटौँडा । बागमती प्रदेशमा सरकारले अझै सचिव व्यवस्थापन गर्न नसक्दा समस्या भएको छ । दलीय भागवण्डा मिलाउन मन्त्रालयको संख्या बढाएको बागमती प्रदेश सरकारले सचिव व्यवस्थापन गर्न नसक्दा समस्या भएको हो ।

प्रदेश सरकारका विशिष्ट श्रेणीका कर्मचारी अभाव हुँदा प्रशासनिक काम प्रभावित भएको छ । १४ मन्त्रालय रहेको बागमती प्रदेशमा अझै ७ सचिवको पद रिक्त रहेको छ भने चार सचिव दोहोरो जिम्मेवारीमा रहेका छन् ।

Advertisement

उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका सचिव राजेन्द्रकुमार केसी, प्रदेशसभा सचिवालयका सचिव पूर्णबहादुर दर्जी, सामाजिक विकास मन्त्रालयका सचिव बद्रीनाथ गैरे र प्रदेश नीति तथा योजना आयोगका सचिव केशवराज सुवेदी दोहोरो जिम्मेवारीमा रहेका हुन् ।

मन्त्रालयको कामकाज नै रोकिने स्थिति आएपछि प्रदेश मन्त्रिपरिषद बैठकबाट चार सचिवलाई दोहोरो जिम्मेवारी तोकिएको हो । दोहोरो जिम्मेवारीमा रहँदा दैनिक रुपमा काम गर्न असहज हुने उनीहरुको गुनासो छ । हाल मुख्यमन्त्री कार्यालयमै शासकीय सुधार तथा सुशासन महाशाखा र कानुन शाखामा सचिव छैनन् ।

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च