उमाकुण्ड गाउँपालिकामा नदीजन्य पदार्थ उत्खननमा रोक

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाले नदीजन्य पदार्थ ढुङ्गा र बालुवा उत्खननमा रोक लगाएको छ । लिखु खोलामा सञ्चालित जलविद्युत आयोजनाले जथाभाबी नदीजन्य पदार्थ ढुङ्गा र बालुवा उत्खनन गरी वातावरणलाई प्रभावित पारेको भन्दै गाउँपालिकाले लिखु खोलामा नदीजन्य पदार्थ उत्खननमा रोक लगाएको हो ।

गाउँ कार्यपालिकाको पुस १५ गते बसेको बैठकले उमाकुण्ड गाउँपालिका अन्तर्गत लिखु नदीमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन तथा बिक्री वितरणको लागि आइइई÷इआइए प्रतिवेदन तयार नहुँदासम्म उत्खननको काममा रोक लगाउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत अभिनय अधिकारीले बताउनुभयो ।

Advertisement

उहाँका अनुसार आइइई÷इआइए प्रतिवेदन तयारका लागि तत्काल प्रक्रिया अगाडी बढाइ ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ बमोजिम ढुङ्गा, गिट्टी, बालुवा उत्खनन र बिक्री वितरण कार्य गरिने भएकोले सो कार्य पुरा नभए सम्मको लागि लिखु नदीमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन र बिक्री वितरणमा प्रतिबन्ध लगाउने निर्णय हो ।

गाउँपालिकाको निर्णय विपरीत ढुङ्गा, गिट्टी, बालुवा उत्खनन र बिक्री वितरण गरेको पाइएमा बागमती प्रदेश सरकारको आर्थिक ऐन २०८१ बमोजिम जरिवाना गरिने गाउँपालिकाले सूचना मार्फत चेतावनी समेत दिएको छ ।

Advertisement

लिखु नदीमा दुगड ग्रुपले सञ्चालन गरेको विभिन्न जलविद्युत आयोजनाले सो क्षेत्रमा प्राकृतिक श्रोतको कानुन विपरीत दोहन गरिरहेको स्थानीयको आरोप छ । नदीको पानी सुकाएर ड्याममा पानी फर्काउँदा लिखुका जलचर नष्ट भएका र जङ्गली जनावरलाई पानी खान समेत समस्या भएको स्थानीय डोमा शेर्पाले बताउनुभयो ।

Advertisement

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च