मन्थली नगर स्तरीय कृषि तथा लघु उद्यम प्रदर्शनी मेला: १० उत्कृष्ट किसानलाई नगद पुरस्कार

रामेछाप । रामेछापको मन्थली नगरपालिकामा दुई दिने कृषि तथा लघु उद्यम प्रदर्शनी मेला सम्पन्न भएको छ । नगरपालिकाले पहिलो पटक पुस १६ र १७ गते कृषि तथा लघु उद्यम प्रदर्शनी मेला आयोजना गरेको हो ।

मेलामा मन्थली नगरपालिकाभित्र उत्पादन तथा प्रशोधन भएका बाली तथा उत्पादन प्रदर्शनीमा राखिएको थियो ।

Advertisement

५३ वटा स्टल रहेको प्रदर्शनीमा कृषक तथा उद्यमीहरूले बालीतर्फ तरकारी, फलफूल, रैथाने बाली, दलहन, मौरीजन्य चिया कफी मसला बाली नर्सरी फलफूल, कन्दमूल लगायतका उपज राखेका थिए ।

पशुपन्छी तर्फ खसी, बोका, अन्डा र दूधजन्य उत्पादनहरू प्रदर्शनीमा राखेका थिए । लघु उद्यम तर्फ ढाका, साबुन, सर्फ, बाँसबाट बनाइएका सामाग्रीहरू होजियारी, दुना टपरी, जुस प्रदर्शनीमा राखेका थिए ।

Advertisement

आफूहरूले गरेको उत्पादन प्रदर्शन गर्न पाउँदा खुसी लागेको कृषक भीमबहादुर श्रेष्ठले बताउनुभयो । किसानलाई अझै प्रोत्साहन मूलक कार्यक्रमहरू बनाउन उहाँले उहाँले नगरपालिकासँग माग गर्नुभयो । उहाँले भन्नुभयो “नगरपालिकाले आयोजना गरेको कृषि तथा लघु उद्यम प्रदर्शनी मेला कृषक तथा उद्यमीहरूका लागि राम्रो थलो बन्यो । यहाँ आफूले उत्पादन गरेका कृषि उपज तथा वस्तुहरू प्रदर्शनी गर्न पाए । यो मेलाले नगरपालिकाभित्रका कृषक तथा उद्यमीहरूमा उत्साह थपिएको छ । स्थानीय सरकारले अझै किसान प्रोत्साहन कार्यक्रम बनाउन आवश्यक छ ।”

लघु उद्यमी प्रमीला सुवेदीले आफ्नो हातको पौरख सबैलाई देखाउन पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले भन्नुभयो “नगरपालिकाले दिएको तालिमबाट सिप सिकेर त्यही सिपको सिर्जना देखाउन पाउनु खुसीको कुरा हो । नगरपालिकाले अझै यस्ता कार्यक्रमहरू मार्फत उद्यमीलाई थप सहयोग गर्न अत्यावश्यक छ ।”

Advertisement

नगरपालिका भित्रका कृषकलाई प्रोत्साहित गर्न नगरपालिकाले कृषि तथा लघु उद्यम प्रदर्शनी मेला आयोजना गरेको मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले बताउनुभयो । कृषिलाई व्यवसायीकरण गर्न नसक्दा युवा पलायन र जग्गा बाँझो हुने क्रम बढेको बताउँदै उहाँले त्यसलाई रोक्न सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

मेलामा आफ्नो उत्पादन प्रदर्शनी राखेका विभिन्न विधामा १० जना उत्कृष्ट किसानलाई नगद ५ हजार २५ रुपैयाँका दरले पुरस्कृत गरिएको नगरपालिका आर्थिक विकास शाखा अधिकृत गोविन्द कट्टेलले बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च