रामेछापका सरकारकारी कार्यालयको सार्वजनिक सुनुवाइ, विकासे कार्यालयहरूको प्रगति दयनीय

रामेछाप । रामेछापका सेवा प्रदायक सरकारी कार्यालयहरूले यस आर्थिक वर्षको हालसम्म गरेका कामको सार्वजनिक सुनुवाइ कार्यक्रम शुक्रवार मन्थलीमा सम्पन्न भएको छ ।

जिल्ला प्रशासन कार्यालय रामेछापको आयोजनामा सो कार्यक्रम भएको हो । कार्यक्रममा जिल्लामा रहेका ५० भन्दा बढी सेवा प्रदायक सबै सरकारी कार्यालय मध्ये ३० वटा कार्यालयका प्रमुख तथा प्रतिनिधिले हालसम्म गरेका काम, उपलब्धि र चुनौती बारे जानकारी गराए ।

Advertisement

कार्यक्रममा हालसम्म गरेका काम, उपलब्धिका बारेमा जानकारी दिएका कार्यालयहरूको प्रगतिको अवस्था दयनीय देखिएका छन् । त्यसमा पनि जिल्लामा विकास निर्माणको काम गर्ने विकासे कार्यालयहरूको अवस्था झनै दयनीय देखिएको छ। आर्थिक वर्षको ६ महिना बित्नै लाग्दा ठुला योजना कार्यान्वयन गर्दै आएका विकासे अड्डाहरूको विकास बजेट खर्च हेर्दा ५ प्रतिशतसम्म देखिएको छ ।

प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलले सेवा प्रदायक कार्यालयले गरेको काम सञ्चारमाध्यम मार्फत नागरिकले जानकारी पाउन् भनी कार्यक्रम आयोजना गरिएको बताउनुभयो । यो पहिलो कार्यक्रम भएकोले अन्तरक्रियात्मक सार्वजनिकीकरण कार्यक्रम भएको बताउँदै उहाँले यसलाई बिस्तारै परिमार्जित गरेर लैजाने योजनामा जिल्ला प्रशासन कार्यालय रहेको बताउनुभयो ।

Advertisement

कार्यक्रममा पत्रकारहरूले विकासका काम सयमा नै गर्नुपर्ने सुझाव दिएका छन् । कार्यालयका सूचना र डाटा व्यवस्थित रूपले राख्न र जो कोहीले माग्दा पनि सही सूचना र तथ्याङ्क दिने व्यवस्था मिलाउन पनि पत्रकारहरूले आग्रह गरे । कृषि, सिँचाइ, खानेपानी, सडक, पूर्वाधार निर्माण, स्वास्थ्य, स्थानीय तह, नापी, मालपोत, बजार अनुगमन, लगायतका क्षेत्रमा विभिन्न समस्या रहेकाले ती समस्या समाधानको लागि भइरहेका पहलको बारेमा पत्रकारहरूले जिज्ञासा राख्नु राखेका थिए ।

त्यस्तै नागरिकता लगायतका विषयमा आएका गुनासाका विषयमा पनि सहभागीले प्रश्न राखेका थिए । कार्यालय प्रमुख तथा प्रतिनिधिहरूले उठेका विभिन्न प्रश्नहरूको जवाफ दिएका थिए । एउटै बसाइमा सबै प्रश्नको जवाफ नआउने भए पनि रचनात्मक सुझावले सेवा प्रवाहमा सुधार गर्न सहयोग गर्ने प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो । उहाँले कार्यक्रमलाई निरन्तरता दिने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च