सिन्धुलीको फिक्कल गाउँपालिका उपाध्यक्षविरुद्ध सहकारी ठगी आरोपमा मुद्धा दायर

काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिका उपाध्यक्ष राजुबरालविरुद्ध स्वर्ण लक्षमी सहकारी ठगी आरोपमा मुद्धा दायर भएको छ । ४३ वर्षीय बरालविरुद्ध कालीमाटिस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुद्धा दायर भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्लासरकारी वकिल कार्यालय काठमाडौँले आज जिल्ला अदालतमा मुद्धा दायर गरेको छ । बराल स्वर्णलक्ष्मी सहकारीका सञ्चालक समित सदस्य समेत हुन् ।

Advertisement

प्रहरीले उनलाई पक्राउ नगरी फरार प्रतिवादी बनाएर मुद्धा दायर गरेको छ । उनीविरुद्ध १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ बिगो मागदावी गरिएको छ । उनी जिवी राईको साझेदार रहेको समेत खुलेको छ ।
प्रहरीले गाउँपालिका उपाध्यक्ष बरालसहित ३९ जनालाई प्रतिवादी बनाउँदै सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्धा दायर गरिएको छ । उनीविरुद्ध स्वर्णलक्ष्मी सहित तीन वटा सहकारी ठगीको आरोप लागेको छ । बरालविरुद्ध यसअघि पनि दुुई वटा सहकारीमा मुद्धा दायर गरिएको थियो । हाल दुवै मुद्धा विचाराधिन अवस्थामा छ । बराल नेकपा एमालेबाट निर्वाचित फिक्कल गाउँपालिका उपाध्यक्ष हुन् ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च