ट्राफिक प्रहरीबाट सङ्कलन हुने राजश्वमा भारी गिरावट, ६ महिनामा जम्मा १५ लाख मात्रै सङ्कलन

रामेछाप । रामेछापमा यो वर्ष ट्राफिक प्रहरीबाट सङ्कलन हुने राजश्वमा भारी गिरावट आएको छ । चालु आर्थिक वर्ष २०८१÷०८२ को झन्डै ६ महिनाको अवधिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले एक हजार ४४८ वटा सवारी साधन कारबाहीबाट जम्मा १५ लाख २७ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।

ट्राफिक प्रहरीले गत आर्थिक वर्ष २०८०÷०८१ को पुससम्म ४ हजार २३५ वटा सवारी कारबाहीबाट ३९ लाख ३८ हजार ५०० रुपैयाँ राजश्व सङ्कलन गरेको थियो ।
चालु आर्थिक वर्षको पुस १८ गतेसम्म साना तथा ठुला गरी एक हजार ४४८ वटा सवारी कारबाहीबाट १५ लाख २७ हजार रुपैयाँ राजश्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख दीपक चौलागाईँले बताउनुभयो ।

Advertisement

उहाँका अनुसार चालु आर्थिक वर्षको साउन महिनामा २४२ सवारी साधन कारबाहीबाट तीन लाख ३६ हजार ५००, भदौ महिनामा ३१३ वटा सवारी कारबाहीबाट दुई लाख ९३ हजार र असोज महिनामा २४१ वटा सवारी कारबाहीबाट दुई लाख ७० हजार ५०० रुपैयाँ राजश्व सङ्कलन भएको छ ।
त्यसै गरी कार्तिक महिनामा २८४ सवारी कारबाहीबाट ३ लाख ३० हजार ५००, मङ्सिर महिनामा २१२ सवारी कारबाहीबाट दुई लाख ३० हजार ५०० रुपैयाँ र पौष महिनाको १८ गतेसम्म १५६ वटा सवारी कारबाहीबाट एक लाख ६६ हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको साउनमा ३८५ सवारी कारबाहीबाट तीन लाख ७१ हजार ५००, भदौमा ५५० वटा सवारी कारबाहीबाट पाँच लाख ६ हजार ५०० र असोजमा ७५० वटा सवारी कारबाहीबाट ७ लाख ९ हजार रुपैयाँ राजश्व सङ्कलन भएको थियो ।

Advertisement

कार्तिकमा एक हजार ५० सवारी कारबाहीबाट १० लाख १६ हजार ५००, मङ्सिरमा ७०० सवारी कारबाहीबाट ६ लाख ४५ हजार ५०० रुपैयाँ र पौष महिनामा ८०० सवारी कारबाहीबाट ६ लाख ८९ हजार ५०० रुपैयाँ राजश्व सङ्कलन भएको थियो ।

ट्राफिक प्रहरी रामेछापले गत आर्थिक वर्ष २०८०÷०८१ को साउनदेखि असार महिनासम्म साना तथा ठुला गरी ८ हजार ८०९ वटा सवारी कारबाहीबाट ८१ लाख ४० हजार ५०० रुपैयाँ राजश्व सङ्कलन गरेको थियो ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च