खुम्बु क्षेत्रमा हेलिकप्टर उडानको प्रतिबन्ध हटाउन चेतावनी

काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले अनधिकृत व्यक्तिहरूले खुम्बु क्षेत्रका हेलिप्याडमा हेलिकप्टर अवतरणमा लगाएको प्रतिबन्ध तत्काल हटाउन चेतावनी दिएको छ ।

प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले निकाल्नुभएको विज्ञप्तिमा अवैधानिक गतिविधि गर्नेलाई कडा कारबाही चेतावनी दिएको हो । खुम्बु पासाङ ल्हामु गाउँपालिकाले मङ्सिर २२ गते कार्यपालिका बैठकबाट र सगरमाथा राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, सरोकारवाला संस्थाले मङ्सिर २५ गते व्यावसायिक हेलिकप्टर उडानलाई पुस १७ गतेदेखि रोक लगाउने निर्णय गरेका थिए ।

Advertisement

हेलिकप्टर उडानले हुने अत्यधिक ध्वनि प्रदूषणका कारण सगरमाथा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बस्ती तथा वन्यजन्तुको वासस्थानमा असर परेको उनीहरूको भनाइ थियो ।

तर सङ्घीय सरकारको एकल अधिकारमा हस्तक्षेप गरेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले गाउँपालिका र निकुञ्जको निर्णय संविधान विपरीत भएको बताएको थियो ।

Advertisement

तर पुस १७ देखि लुक्लादेखि सगरमाथा क्षेत्रमा पर्ने बस्तीमा रहेका धेरैजसो हेलिप्याडमा खाबोसहित झण्डा झुन्ड्याउँदै हेलिकप्टर उडान गर्ने पाइलटलाई नियन्त्रणमा लिई कारबाही गर्ने अभिव्यक्ति दिएपछि व्यवसायीहरूले हिजोदेखि खुम्बु क्षेत्रमा बिरामी उद्धारलगायतका कुनै पनि चार्टर्ड तथा व्यावसायिक उडान स्थगित गरेका छन् ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च