रामेछाप । कालो सूचीको सिफारिसमा परेका रामेछापका दुई सहित १६ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई सार्वजनिक खरिद अनुगमन कार्यालयले स्पष्टीकरण सोधेको छ ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले मङ्गलवार सार्वजनिक सूचना मार्फत काम सन्तोषजनक नभएका रामेछापको मन्थली नगरपालिका–१ ठेगाना रहेको प्रबल कुशल निर्माण सेवा र रामेछाप माझी कन्स्ट्रक्सनलाई लिखित स्पष्टीकरण सोधेको हो ।
Advertisement
यी दुवै निर्माण कम्पनीलाई रामेछापको मन्थली नगरपालिकाले कालो सूचिमा राख्न लेखी पठाएको हो । मन्थली नगरपालिकाले आदिमी कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि मध्यपुर थिमी नगरपालिका–३ भक्तपुरलाई पनि कालो सूचिमा राख्न लेखि पठाएको छ ।
यी कम्पनीहरूलाई सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र कालोसूचीमा राख्न नपर्ने आधार र प्रमाण पेस गर्न भनिएको छ । स्पष्टीकरण चित्तबुझ्दो नभए सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राख्छ । कालोसूचीमा परेमा कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाइँदैन ।
Advertisement
Advertisement
प्रतिक्रिया