सशस्त्र प्रहरी रामेछापले मनायो १६ औँ स्थापना दिवस, २० पाउन्डको केक काटियो

रामेछाप । सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म रामेछापले आफ्नो १६ औँ स्थापना दिवस मनाएको छ । बुधवार सदरमुकाम मन्थली स्थित सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म रामेछापमा विभिन्न कार्यक्रम गरी आफ्नो स्थापना दिवस मनाएको हो ।

स्थापना दिवस विशेष समारोहलाई सम्बोधन गर्दै सशस्त्र प्रहरी बल नेपाल नं ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरका वरिष्ठ उपरीक्षक तीर्थराज पौडेलले सधैँ आफ्नो दायित्व पूरा गर्न मातहतका सुरक्षा अधिकारीलाई निर्देशन दिनुभयो ।

Advertisement

उहाँले परिवर्तित सन्दर्भमा चुनौतीहरू पनि थपिँदै जाने भन्दै उहाँले सशस्त्र प्रहरी जस्तोसुकै अवस्थामा पनि विचलित नभई सुम्पिएको दायित्वमा खरो उत्रिनुपर्नेमा जोड दिनुभयो ।
प्राप्त उपलब्धिको रक्षा गर्दै आगामी दिनमा सङ्गठनलाई अझ प्रभावकारी तुल्याउनका लागि उत्साहका साथ कर्तव्य पथमा लाग्न निर्देशन दिनुभयो। जिल्ला समन्वय समिति रामेछापका उपप्रमुख प्रेमबहादुर थापाले विपद्, सीमा रक्षालगायतका काममा सशस्त्र प्रहरी बलको भूमिका उल्लेखनीय रहेको बताउनुभयो ।

सशस्त्र प्रहरी हरेक कठिन अवस्थालाई पनि सहजतामा बदलेर अगाडि बढेको भन्दै आगामी दिनमा पनि थप अगाडि बढ्न आग्रह गर्नुभयो । लिखुतामाकोशी गाउँपालिका अध्यक्ष केशव महतले देशमा विभिन्न कालखण्डमा आइपरेका विपद्, सीमा सुरक्षा लगायतका चुनौतीहरूमा सशस्त्र प्रहरीको भूमिका सराहनीय रहेको बताउनुभयो ।

Advertisement

रामेछापका प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलले सशस्त्र प्रहरी बल विषम परिस्थितिमा स्थापना भएर आफ्नो लक्ष्य र उद्देश्य परिपूर्तिमा अडिग रहेको बताउनुभयो । देशमा विभिन्न कालखण्डमा आइपरेका विभिन्न चुनौतीहरूमा सशस्त्र प्रहरी बलले खेलेको भूमिका प्रशंसनीय रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म रामेछापका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश शर्माले रामेछापमा सशस्त्र प्रहरीको प्रभावकारी कार्यसम्पादनमा सहयोग गर्ने जिल्लाका सबै निकायलाई धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा अमर सशस्त्र प्रहरी कर्मचारीहरूका परिवारजनहरूलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो भने आन्तरिक विभिन्न प्रतियोगिताका विजेता एवं उत्कृष्ट प्रहरी कर्मचारीलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च