एमाले रामेछापको जनसंगठन समन्वय संयन्त्रको बैठक सम्पन्न

रामेछाप । नेकपा एमाले रामेछापको जनसंगठन समन्वय संयन्त्रको बैठक सम्पन्न भएको छ । जनसंगठन समन्वय संयन्त्रका प्रमुख मिलनकुमार घिसिङको अध्यक्षता र एमाले बागमती प्रदेश सचिवालय सदस्य शान्तिप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा बुधवार सदरमुकाम मन्थलीमा बैठक सम्पन्न भएको हो ।

एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरिया, उपाध्यक्ष होतराज ढकाल, सचिव प्रकाश कुमार कार्की, उपसचिव मखमली श्रेष्ठ लगायतका नेताहरूको उपस्थितमा बैठक बसेको हो । बैठकमा नेकपा एमाले रामेछाप अन्तरगतका जनसंगठनका अध्यक्ष तथा इन्चार्जहरूले संगठनले सञ्चालन गरेका गतिविधि, आगामी योजना तथा पार्टीसँगको अपेक्षा लगायतका बारेमा रिपोर्टिङ गरेका थिए ।

Advertisement

बैठकका प्रमुख अतिथि एवं एमाले बागमती प्रदेश सचिवालय सदस्य शान्तिप्रसाद पौडेलले पार्टी अगाडी सारेका कुराहरूलाई आत्मसाथ गरी तल्लो स्तरसम्म लैजाने गरी काम गर्न जनसंगठनहरुलाई निर्देशन दिनुभयो । एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरियाले नेकपा एमालेको जनसंगठनहरु नेता उत्पादन गर्ने प्रमुख थलो, भोलिको पार्टी नै भएकाले सोही अनुसार काम गर्न निर्देशन दिनुभयो ।

एमाले रामेछापका सचिव प्रकाश कुमार कार्की र उपसचिव मखमली श्रेष्ठले पार्टीलाई प्रभावकारी रूपमा जनतामा लैजाने प्रमुख माध्यम जनसंगठनह नै भएकाले यो कुरालाई आत्मसाथ गरेर जनसंगठनहले काम गर्नुपर्नेमा जोड दिनुभयो ।

Advertisement

बैठकका अध्यक्ष एवं जिल्ला जनसंगठन समन्वय संयन्त्रका प्रमुख मिलनकुमार घिसिङले बैठकमा जनसंगठनका प्रमुख एवं इन्चार्जहरूले धेरै विषयहरू उठठन गरेकाले उठेका विषयहरूका बारेमा समन्वय संयन्त्र गहन अध्ययन गरी अगाडी बढ्ने बताउनुभयो । आफ्ना संगठनको चलायमान र प्रभावकारी कार्यसम्पादनका लागि दत्तचित्त भएर लाग्न पनि उहाँले निर्देशन दिनुभयो ।

बैठकमा रिपोर्टिङ गरेका अधिकांश जनसंगठनका प्रमुख तथा इन्चार्जहरूले जनसंगठनलाई थप मझबुद र चलायमान बनाउनका लागि पार्टीबाट समय समयमा निर्देशन आउनुपर्नेमा जोड दिएका छन् । उनीहरूले पार्टीले अब तल्लो तह भुइमान्छेलाई छुने खालका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने सुझाव दिएका छन् ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च