धरौटी रकम बुझाएर थुनामुक्त भएपछि रविको पहिलो प्रतिक्रिया : ‘धेरै लडाईं बाँकी नै छ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले धेरै लडाईं लड्न बाँकी रहेको प्रतिक्रिया दिएका छन् । धरौटी रकम बुझाएर थुनामुक्त भएपछि भिडियो सन्देशमार्फत् लामिछानेले यस्तो बताएका हुन् ।
‘मैले बोल्ने समय आएपछि नबोल भने पनि बोलौँला,’ उनले भनेका छन्, ‘धेरै लडाईं बाँकी नै छ ।’
उनले न्यायप्रणाली प्रति विश्वास बढेको पनि बताएका छन् । ‘न्यायालयप्रति विशेष आभारी छु । न्याय प्रणालीप्रति विश्वास गर्ने असाध्यै ठाउँ प्राप्त गरेकोमा धेरैधेरै धन्यवाद ।’
उनले आफूलाई माया गर्ने सबैलाई पनि धन्यवाद व्यक्त गरेका छन् ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च