६ महिनामा मन्थली नगरपालिकाको वित्तीय प्रगति २७.९९ प्रतिशत, झन्डै ४८ प्रतिशत आम्दानी

रामेछाप । जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले झन्डै ६ महिनाको अवधिमा २७.९९ प्रतिशत वित्तीय प्रगति गरेको छ । यो अवधिमा नगरको विकास बजेट पुँजीगत खर्च भने ९ प्रतिशत मात्रै भएको छ ।

शुक्रवार सम्पन्न भएको नगरको विधान अधिवेशन एवं १६ औँ नगर सभामा मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले यसबारे जानकारी गराउनुभएको हो । चालु आर्थिक वर्ष २०८१÷०८२ को साउनदेखि पुस २४ गतेसम्म नगरपालिकाले २७.९९ प्रतिशत वित्तीय प्रगति भएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो “चालु आर्थिक वर्षका लागि नगरपालिकाको एक अर्ब एक करोड ९७ लाख ८१ हजार रुपैयाँ बजेट रहेको छ । जसमा यही पुस २४ गतेसम्म ३६.६५ प्रतिशत चालु र ९ प्रतिशत पुँजीगत बजेट खर्च भएको छ ।”

Advertisement

नगरपालिकाले यो वर्ष तीन करोड ८५ लाख रुपैयाँ आन्तरिक आम्दानी गर्ने लक्ष्य लिएकोमा हालसम्म लक्ष्यको ४७.८४ प्रतिशत अर्थात् एक करोड ८४ लाख १९ हजार ८६० रुपैयाँ आम्दानी गरिसकेको नगर प्रमुख श्रेष्ठले बताउनुभयो । नगरपालिकामा यो वर्ष वडा सिलिङ, नगर स्तरीय, सङ्घ तथा प्रदेश स्तरीय गरी ३७१ वटा योजनाहरू सम्पन्न हुनुपर्नेमा अहिलेसम्म १४१ वटा योजना सम्झौता भएको र ३३ वटा योजनाको भुक्तानी समेत भइसकेको उहाँले बताउनुभयो ।

आगामी चैत मसान्तभित्र नगरलाई बालमैत्री शासनयुक्त नगरपालिका घोषणा गर्ने लक्ष्य अनुरूप हालसम्म मध्यावधि मूल्याङ्कन हुँदासम्म कम सूचक प्राप्त गर्ने वडाहरूले ३७ वटा र बढी सूचक प्राप्त गर्ने वडाहरूले ४६ वटासम्म सूचक प्राप्त गरिसकेका नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।
आगामी चैत २५ गतेभित्र बालमैत्री शासनयुक्त नगरपालिका घोषणा गर्ने गरी कार्य योजना तयार भएको र सोही अनुसार काम भइरहेको उहाँको भनाइ छ । नगर सभाका अवसरमा नगरपालिकाको विभिन्न वडामा वडा कार्यालय भवन तथा स्वास्थ्य संस्था भवन निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराउने जग्गा दाताहरूलाई सम्मान समेत गरिएको थियो ।

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च