काठमाडौं । निर्माता, निर्देशक तथा अभिनेता विराज भट्टले चलचित्र विकास बोर्डबाट आफ्नो सुपरहिट फिल्म ‘१२ गाउँ’को दोस्रो श्रृंखला निर्माणका लागि निर्माण इजाजत लिएका छन् ।
विराजले पुस ११ गते ‘१२ गाउँ २’ शीर्षकमा निर्माण इजाजत लिएका हुन् । फिल्मको बजेट एक करोड रुपैयाँ उल्लेख छ । विराज भट्ट फिल्म प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण हुने फिल्ममा कथा, निर्देशन विराजकै हुने उल्लेख छ ।
कलाकारमा विराजसहित समीर भट्ट र सनिशा भट्टराईको नाम उल्लेख छ । चलचित्र विकास बोर्डको तथ्यांकअनुसार ‘१२ गाउँ’को पहिलो भागले २० करोड हाराहारीमा बक्स अफिसमा कमाइ गरेको छ ।
पहिलो फिल्म सुपरहिट भएपछि विराजले दशैंको बेलामै दोस्रो श्रृंखला निर्माणको घोषणा गरेका थिए । यो फिल्मबाट उनका छोरा समीरसहित पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्काले डेब्यु गरेका थिए । विराजले दर्ता गरेको ‘१२ गाउँ २’ को कलाकारको नाममा न्यान्सीको नाम उल्लेख छैन ।
विराज ले लिए ‘१२ गाउँ २’ को निर्माण इजाजत, को छन् त कलाकार ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%
angry
ताजा समाचार
धेरै कमेन्ट गरिएका
1 Comment
1 Comment
1 Comment
1 Comment
1 Comment
ट्रेन्डिङ
१
२
३
४
५
६
७
८
प्रतिक्रिया