रामेछाप । बागमती प्रदेश उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङले अब समुदायबाट आउने योजना तथा कार्यक्रमहरू योजना बैङ्क मार्फत आउनुपर्ने बताउनुभएको छ ।
आइतबार नेकपा एमाले रामेछापको स्वागत कार्यक्रममा मन्त्री तामाङले यस्तो बताउनुभएको हो ।
सबै जिल्लामा रहेका मन्त्रालय मातहतका विभिन्न कार्यालयहरूका माध्यमबाट योजना तथा कार्यक्रमहरू नआएका कारण धेरै समुदाय स्तरका योजना छुटेका उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो “हामी समुदायमा धेरै भन्दा धेरै योजना तथा कार्यक्रम दिने गरी लागेका छौँ । यसका लागि योजनाहरू अब योजना बैङ्क मार्फत आउनुपर्छ । चिड्काको भरमा आएका योजनाहरू धेरै पर्न सकेनन् । अब जिल्लामा रहेका मन्त्रालय मातहतका कार्यालयहरू मार्फत योजना तथा कार्यक्रमहरू आउनुपर्छ ।”
यसरी सम्बन्धित जिल्लाबाट प्रदेशको सम्बन्धित मन्त्रालयका गएका योजना तथा कार्यक्रमहरू एक सय प्रतिशत पर्ने उहाँले बताउनुभयो ।
Advertisement
यही कुरालाई ध्यानमा राखेर अब राजनीतिक पार्टी तथा अन्य निकायले पनि चिड्काको भरमा नभै जिल्ल स्थित सम्बन्धी मन्त्रालय मातहतका कार्यालय मार्फत समुदायका योजनाहरू ल्याउन उहाँले आग्रह गर्नुभयो ।
मन्त्री तामाङ बागमती प्रदेश उद्योग वाणिज्य, भूमि तथा प्रशासनको आयोजनामा सदरमुकाम मन्थलीमा हुने उद्योग वाणिज्य क्षेत्रका सरोकारवालासँग अन्तरक्रिया कार्यक्रमका लागि मन्थली आउनुभएको हो ।
Advertisement
प्रतिक्रिया