काठमाडौं, प्रतिनिधि सभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा परराष्ट्र मन्त्री आरजु राणा देउवाले भारत र चीन भ्रमणका बेला त्यहाँका विदेश मन्त्रीहरूसँग भएका कुराकानी ब्रिफिङ गरिन्। सांसदहरुले राणालाई सार्क सम्मेलनको आयोजना हुन नसकेको र चीनसँग पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ऋणलाई अनुदानमा परिणत गर्ने विषयमा प्रश्न सोधेका थिए। जवाफ दिने क्रममा राणाले भारत र चीनका समकक्षीसँग भएका कुराकानी उल्लेख गरिन्।
गत भदौ ३ गते भारत भ्रमणका क्रममा परराष्ट्र मन्त्री देउवाले समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेकी थिइन्। उक्त प्रसंग उप्काउँदै परराष्ट्र मन्त्री राणाले सार्क बैठक आयोजनाबारे आफूले जयशंकरसँग कुरा उठाएको बताइन्।
‘भारत भ्रमणका क्रममा मैले सार्क राष्ट्रका प्रमुखहरुको बैठकबारे एस जयशंकरसँग कुरा उठाएको थिएँ। जयशंकरले त्यसबेला भन्नुभएको थियो–तिम्रो देशमा आएर कसैले मान्छे मारेको भए मिटिङ हुन्थ्यो? त्यसपछि मैले केही भन्ने अवस्था नै रहेन।’
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मा नेपाल, भारत, बंगलादेश, पाकिस्तान, अफगानिस्तान, भुटान, माल्दिभ्स र श्रीलंका छन्।
सन् २०१४ मा नेपालमा १८ औं सार्क शिखर सम्मेलन भएको थियो। १९ औं सार्क शिखर सम्मेलन पाकिस्तानले आयोजना गर्ने भए पनि सार्कको नेतृत्व हस्तान्तरण भएको छैन।
भारतले सन् २०१६ मा आफ्ना सैनिकहरूमाथि आक्रमण भएको र त्यसमा पाकिस्तानको हात रहेको बताउँदै सार्क शिखर सम्मेलन गर्न चासो नदिएको आरोप छ।
परराष्ट्र मन्त्री देउवासँगको भेटमा पनि आफ्ना सैनिकहरू मारिएको प्रसंग भारतीय विदेश मन्त्री जयशंकरले निकालेका थिए।
‘नेपालले सार्कको नजरअन्दाज गरेको छैन, हामीले सार्क बैठकका लागि पहल गरेका छौं,’ परराष्ट्र मन्त्री राणाले समिति बैठकमा भनिन्, ‘संयुक्त राष्ट्रसंघ महासभाका क्रममा साइडलाइन बैठक पनि गर्न हामीले पहल गरेकै हो।’
सार्क सम्मेलनबारे भारतका केही फरक मत रहेको उल्लेख गरेकी परराष्ट्र मन्त्री राणाले बिम्स्टेक बैठक गर्न सबै सहमत रहेको बताइन्।
‘बिम्स्टेक बैठक गर्न सबै सहमत छन् तर सार्क शिखर सम्मेलनका कुरा हाम्रो कन्ट्रोलमा छैन,’ उनले भनिन्। बिम्स्टेकमा नेपाल, भारत, बंगलादेश, भुटान, थाइल्याण्ड, म्यानमार, श्रीलंका छन्।
सार्क सम्मेलनबारे जयशंकरले आरजुलाई भनेका थिए ’तिम्रो देशमा आएर मान्छे मारेको भए मिटिङ हुन्थ्यो?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%
angry
ताजा समाचार
धेरै कमेन्ट गरिएका
2
1 Comment
1 Comment
1 Comment
1 Comment
ट्रेन्डिङ
१
२
३
४
५
६
७
८
प्रतिक्रिया