रामेछाप । राष्ट्रिय योग दिवस रामेछापमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । दिवसका अवसरमा रामेछाप जिल्ला स्तरीय योग दिवस मूल समारोह समितिको आयोजनामा सदरमुकाम मन्थलीमा र्याली तथा योग समारोह कार्यक्रम गरिएको छ ।
मङ्गलवार बिहान मन्थली स्थित मदन आश्रित चोकबाट ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्र मन्थलीसम्म र्याली आयोजना गरिएको थियो । त्यसपछि ब्रह्माकुमारी राजयोग उप सेवा केन्द्रको हलमा बागमती प्रदेश उद्योग पर्यटन तथा वातावरण समितिका सभापति आनन्द श्रेष्ठको प्रमुख आतिथ्यतामा योग समारोह आयोजना गरिएको थियो ।
Advertisement
योग समारोहमा बाल्दै समारोहका प्रमुख अतिथि एवं बागमती प्रदेश उद्योग पर्यटन तथा वातावरण समितिका सभापति आनन्द श्रेष्ठले समाजलाई समृद्ध बनाउन योग, ध्यान अनिवार्य रहेको बताउनुभयो । अब समाजलाई समृद्ध बनाउनका लागि शिक्षासँग योग जोडेर लैजान अत्यावश्यक रहेको उहाँको भनाइ छ । समाजका हरेक मानिसमा जागरूकता ल्याउन योग र ध्यान आवश्यक रहेको उहाँले बताउनुभयो । अब योगलाई हरेक विद्यालयको कक्षा कोठा र विद्यार्थीको जीवनसँग पनि जोड्नुपर्ने उहाँको भनाइ छ ।
प्रतिक्रिया