काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेको थुनछेक सम्बन्धी बहसअन्तर्गत सुनुवाइ सकिएको छ ।
सरकारी वकिलहरूको बहस, जाहेरकर्ताका कानुनव्यवसायीहरूको बहस, रविका पक्षको बहस, सरकारी वकिलहरूको जवाफी बहसपछि सुनुवाई सकिएको हो ।
सरकारी वकिलहरूको जवाफी बहसपछि अन्तिममा रविले संक्षिप्त भनाइ राखेका थिए । त्यसपछि न्यायाधीश माधवप्रसाद अधिकारीले सुनुवाई सकिएको भन्दै सबैलाई इजलासबाट बाहिर जान आदेश दिएका छन् ।
‘सुनुवाइ सकियो, अब तपाईंहरु सबै बाहिर जानुस् र मलाई काम गर्न दिनुुस्,’ न्यायाधीश अधिकारीले भने ।
रवि पक्षका दुई वकिलको बहस सकियो, थुनामुक्त गराउन माग
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा ६५ लाख धरौटी बुझाएर गत बिहीबार छुटेका रवि आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए ।
त्यसै दिन न्यायाधीश अधिकारीको इजलासमा उनीसँग बयान लिइएको थियो भने समय अभावका कारण बहस अघि बढ्न नसकेपछि न्यायाधीश अधिकारीले रविलाई न्यायीक हिरासतका लागि प्रहरीको जिम्मा लगाउने आदेश दिएका थिए । त्यसयता रवि पुनः प्रहरीको हिरासतमा छन् ।
Advertisement
सोमबार भने सरकारी वकिलहरूले पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने माग गर्दै बहस गरेका थिए । सोही दिन जाहेरवालाहरूको तर्फका वकिलहरूले बहस गरेका थिए भने आज रविका तर्फका विकलको बहस भएको थियो ।
प्रतिक्रिया