६ महिनामा बागमती प्रदेशको विकास बजेट खर्च १० प्रतिशत, कानुन मन्त्रालय सबै भन्दा कमजोर

हेटौंडा । चालु आर्थिक वर्षको ६ महिनामा बागमती प्रदेशको विकास खर्च निकै कमजोर देखिएको छ । चालु आर्थिक वर्षको साउन देखि पुसमसान्त सम्ममा प्रदेश विकास बजेटको १० प्रतिशत मात्रै खर्च भएको हो ।

पुँजीगत तर्फ १० दशमलव ३२ प्रतिशत मात्रै पुँजीगत खर्च भएको प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । चालु आर्थिक वर्षका लागी ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार बजेट ल्याएको बागमती प्रदेश सरकारले विकास बजेटमा पुँजीगत खर्च ३७ अर्ब ९ करोड १२ लाख ४९ हजार रुपैंया छुट्याएको थियो जसमा चालु आर्थिक वर्षको ६ महिनाको अवधीमा ३ अर्ब ८२ करोड ८१ हजार रुपैयाँ मात्रै बजेट खर्च भएको हो ।
कुल बजेटमा २५ अर्ब ९४ करोड ९१ लाख ८२ हजार रुपैंया चालु खर्च तर्फ विनियोजन गरिएकोमा कुल खर्च भने १६ दशमलव २७ प्रतिशत वा १० अर्ब ५० करोड २९ लाख ९ हजार रुपैंया रहेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

Advertisement

प्रतिशतको आधारमा हेर्ने हो भने सबैभन्दा धेरै युवा तथा खेलकुद मन्त्रालयमा र सबै भन्दा कम पुँजीगत बजेट खर्च गर्नेमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा रहको छ ।

पुँजीगत बजेटमा ४८ करोड ६७ लाख ५० हजार प्राप्त गरेकोमा ६ महिनामाको अवधिमा १८ प्रतिशत वा ९ करोड ९ लाख २४ हजार रुपैंया बजेट खर्च गरेको हो । यस्तै, पुँजीगत तर्फ ६ महिनाको अवधीमा १ प्रतिश बजेट पनि खर्च गरेको छैन ।

Advertisement

कुल बजेटतर्फ ५४ करोड १३ लाख ७ हजार बजेट विनियोजन भएकोमा चालु तर्फ २८ करोड ९३ लाख ३९ हजार र पुँजीगत तर्फ २५ करोड १९ लाख ६८ हजार विनियोजित बजेटमा पुस मसान्तसममा पुँजीगत खर्च ० दशमलव ८० प्रतशित वा २ लाख १० हजार रुपैया मात्रे खर्च भएको आर्थिक मन्त्रालयल जनाएको छ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च