जिम्मेवारीलाई ठिक ढङ्गले पुरा गर्नुपर्छ : सभामुख घिमिरे

रामेछाप । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आफूले पाएको जिम्मेवारीलाई ठिक ढङ्गले पुरा गर्नुपर्ने बताउनुभएको छ ।

शनिवार रामेछाप सदरमुकाम मन्थलीमा भएको घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान जिल्ला शाखा रामेछापको प्रथम जिल्ला अधिवेशनको उद्घाटन समारोहमा उहाँले यस्तो बताउनुभएको हो ।
सही बाटो देखाएर जान सकिन्छ कि सकिँदैन भन्ने कुरा सबैले सोच्न आवश्यक भएको उहाँले बताउनुभयो ।

Advertisement

उहाँले भन्नुभयो“अभावलाई पूर्ति गर्ने कुराहरू हो । सही बाटोलाई देखाएर जाने कुराहरू हो । त्यो कुरामा म कति सफल हुन्छु । पदलाई ठिक डङ्गमा प्रयोग गर्नुपर्छ । ठिक ढङ्गबाट पदले कामहरू गर्नुपर्छ । तर त्यो खालको भावना र जिम्मेवारी म सँग छ कि छैन भन्ने कुरा सोच्नुपर्छ ।” जिम्मेवारीमा रहेकाहरूले आफूले पाएको पदलाई ठिक ढङ्गले प्रयोग गरेर मुलुक विकासका लागि परिणाममुखी काम गर्नुपर्ने उहाँको भनाइ छ । अभाव र असक्षमताको अन्त्य गरी मानवमा भएको प्रतिभाहरूलाई विकास गर्दे राष्ट्र निर्माणमा लाग्नुपर्ने उहाँले बताउनुभयो ।

उहाँले हाम्रा संस्कार, संस्कृति, परम्परा परिपाटीहरूलाई समुन्नत बनाउँदै लैजान आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो“घिमिरे जातिहरू आफ्नो इतिहासबाट सिकेर घिमिरे÷घिमिरेको बिचमा मात्रै बस्नु हुँदैन । हाम्रा संस्कार, संस्कृति, परम्परा परिपाटीहरूलाई समुन्नत बनाउँदै लैजानुपर्छ । अरू जातिहरूका बिचमा पनि एउटा राम्रो उदाहरण बन्नुपर्छ ।”

Advertisement

उहाँले घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानलाई देशभर विकास गर्नुपर्नेमा पनि जोड दिनुभएको थियो । सभामुख घिमिरेले राष्ट्रकवि माधवप्रसाद घिमिरे, लेखक तथा साहित्यकार जगदीश घिमिरे र झमक घिमिरेको योगदानका बारेमा चर्चा गर्नुभएको थियो ।

उहाँले रामेछाप जिल्लामा आउँदा यहाँका विभिन्न निकायबाट जिल्लाको विकासका लागि धेरै मागहरू सहित ध्यानाकर्षण गराएकाले ती कुराहरूमा आफ्नो ध्यान गएको बताउनुभयो । रामेछाप जिल्लाका समग्र विकासका लागि गरिएको मागहरूको सम्बोधनका लागि आफू लागि पर्ने पनि बताउनुभयो ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च