अर्जेन्टिना हिमाल आरोहण गर्दे पर्वतारोही प्रकाशराज पाण्डे

रामेछाप । विश्वका सातै महादेशका सात अग्ला हिमाल आरोहण गर्ने अभियानमा रहनुभएका रामेछापका पर्वतारोही प्रकाशराज पाण्डे दक्षिण अमेरिकी महादेशको सबैभन्दा अग्लो हिमाल अकोन्कागुआ आरोहणका लागि प्रस्थान गर्दै हुनुहुन्छ ।

रामेछापको लिखुतामाकोशी गाउँपालिका–७ तिल्पुङ स्थायी घर भएका पाण्डेले सन् २०१६ देखि पर्वतारोहण सुरु गर्नुभएको थियो । सन २०१८ मा सगरमाथाको आरोहण गरेयता निरन्तर हिमालहरू चढ्दै आउनुभएको छ ।

Advertisement

पाण्डे यही माघ ७ गते सोमबार अर्थात् जनवरी २० तारिखमा अर्जेन्टिनाको राजधानी ब्युनस आयर्सका लागि प्रस्थान गर्ने तयारीमा हुनुहुन्छ । उहाँले भन्नुभयो अकोन्कागुआ आरोहणका लागि अर्जेन्टिना जाने तयारी भइरहेको छ ।

आरोहण अभियानले नेपाली युवामाझ अर्जेन्टिनाका बारेमा जानकारी पुग्ने र अर्जेन्टिनामा पनि सुन्दर पर्वतीय देश नेपालको बारेमा थप परिचय स्थापित गर्न भूमिका खेल्ने विश्वास छ ।”
सन् १९६२ मा दौत्य सम्बन्ध कायम भएका दुई देश नेपाल र अर्जेन्टिना बिच भौगोलिक दुरीकै कारण हुनुपर्छ, सामान्य व्यापारिक सम्बन्ध बाहेक विशेष आदानप्रदान भएको नदेखिएको उहाँले बताउनुभयो ।

Advertisement

एउटा नेपाली युवाले आफूबाट पृथ्वीको अर्को छेउमा रहेको देश अर्जेन्टिनामा भएको समग्र अमेरिकी महादेशकै उच्च हिमाल आरोहण गर्नुले दुई देशको दौत्य सम्बन्धका लागि पनि सेतुको काम गर्ने उहाँको विश्वास छ ।

अर्जेन्टिनाबाट घुम्न निस्कने ठुलो सङ्ख्याको पर्यटकको उल्लेख्य हिस्सा भित्र्याउन सक्ने गरी नेपालको पर्यटनको प्रवद्र्धन र प्रचारप्रसारमा समेत आफ्नो अभियानले टेवा पु¥याउन सक्ने पाण्डेले बताउनुभयो ।
प्रधानमन्त्रीद्वारा सफलताको शुभकामना व्यक्त
आरोही पाण्डेलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अभियानमा सफलताको शुभकामना सहित नेपालको राष्ट्रिय झन्डा हस्तान्तरण गर्दै बिदाइ गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार प्रधानमन्त्री ओलीले पर्वतारोही पाण्डेलाई राष्ट्रिय झन्डा हस्तान्तरण गर्दै आरोहण अभियान सफलताको शुभकामना दिनुभएको छ । प्रधानमन्त्रीले समाजमा सकारात्मकता फैलाउने युवाहरूको सबै अभियानमा आफ्नो सधैँ साथ रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको आरोही पाण्डेले बताउनुभयो ।

Advertisement

सबै महादेशका हिमालहरू चढ्ने लक्ष्य

सगरमाथा, मनास्लु, आमादब्लम लगायत नेपालका विभिन्न हिमालको सफल आरोहण गरिसक्नु भएका पाण्डे सातै महादेशका अग्ला हिमाल चढ्ने अभियानमा हुनुहुन्छ ।
उहाँले सन २०२४ को जुनमा युरोपको उच्च हिमशिखर माउन्ट एलब्रस आरोहण गर्नुभएको थियो । त्यसपछि सोही वर्षको नोभेम्बर महिनामा अफ्रिकाको अग्लो चुचुरो किलिमन्जारोको सफल आरोहण गर्नुभएको थियो ।

अब नियमित रुपमा सबै महादेशका हिमालहरू चढ्दै जाने लक्ष्य रहेको उहाँले बताउनुभयो । यो अभियान हिमाल चढ्ने अभियान मात्रै नभएर आफ्नो अभियानका माध्यमबाट जलवायु परिवर्तनका असरहरूका बारेमा पनि कुरा उठाउने र सरोकार राख्ने सबैलाई यसतर्फ ध्यान कृष्ट गराउने गरिएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो “जलवायु परिवर्तन निम्त्याउन हाम्रो नगण्य भूमिका भए पनि यसका कारणले हामीले विषम परिस्थितिको सामना गरिरहनु परेको छ । सबै ठुला र शक्तिशाली राष्ट्रहरूको चासोको विषय हुनु पर्दछ ।”
अन्य आरोहणमा जस्तै यस आरोहणमा पनि जलवायु परिवर्तनका विषयमा उक्त हिमाल रहेको देशमा छलफल गर्ने र परिवर्तनका असरलाई नजिकैबाट नियाली आफ्नो अनुभव सम्बन्धित तहसम्म लैजाने योजना रहेको उहाँले बताउनुभयो ।

हिमाल आरोहणमा विशेष मानिने सेभेन समिट अभियानको क्रममा सातै महादेशका अग्ला हिमालहरूमा फहराएको नेपालको झन्डा नेपाली भूमिमै फर्किएर सगरमाथामा पुनः फहराउने पाण्डेले बताउनुभयो ।

पाण्डे पर्वतारोहणका अतिरिक्त अन्तर्राष्ट्रिय युवा अभियान स्काउट र रोटरी इन्टरनेशनलमा समेत आबद्ध हुनुहुन्छ । उहाँले स्काउटका संस्थापकको नाउँमा नामकरण गरिएको नेपालमा रहेको हिमाल बेडेन पावेल स्काउट पिक पनि दुई पटक चढिसक्नु भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च