निर्माण उद्योगका समस्या समाधानको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

रामेछाप । रामेछापका निर्माण व्यवसायीहरुले विभिन्न माग राख्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र पठाएका छन् ।

रामेछाप जिल्ला निर्माण व्यवसायी संघले आइतबार जिल्ला प्रशासन कार्यालय रामेछाप मार्फत प्रधानमन्त्रीलाई जिल्लाको निर्माण उद्योगका विद्यमान समस्याहरू समाधानको माग राखी ज्ञापन पत्र पत्र पठाएको हो ।
रामेछाप जिल्ला निर्माण व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष कृष्ण थापामगरको नेतृत्वमा गएको निर्माण व्यवसायीको टोलीले जिल्ला प्रशासन कार्यालय रामेछापका प्रमुख प्रशासकीय अधिकृत चूडामणि अर्याललाई ज्ञापन पत्र बुझाएका छन् ।

Advertisement

ज्ञापन पत्रमा निर्माण उद्योग क्षेत्रमा देखिएका सिमेन्ट लगायतका निर्माण सामाग्रीमा भएको मूल्यवृद्धि एवं कालोबजारी, विभिन्न कारणले निर्माण व्यवसायीहरूको रोकिएको अरबौँ रकम भुक्तानी, सार्वजनिक खरिद नियमावलीको १३ औँ संशोधनबाट सिर्जित म्याद थपको समस्या जस्ता समस्याहरूको समाधान हुनुपर्ने माग गरिएको छ ।

त्यसै गरी राष्ट्र बैङ्कले ऋण लगायतमा दिएको सुविधा कटौतीबाट निर्माण उद्योगमा ठुलो असार परेको, विभिन्न कारणले रुग्ण रहेका ठेक्काहरू सुबिस्ताका आधारमा अन्त्य गर्नुपर्ने, सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९ को उपदफा ३ को खण्ड ख र उपदफा ८ बाट हुने कारबाही खारेज गर्नुपर्ने माग गरिएको छ ।

Advertisement

त्यस्तै निर्माण उद्योगको समस्या समाधानका लागि सार्वजनिक ऐन तथा नियमावली तत्काल पुनर्लेखन गर्नुपर्ने, सरकारसँग विगतमा भएका सहमति कार्यान्वयन हुनुपर्ने र निर्माण सम्बन्धी उच्च स्तरीय आयोग गठन गर्नुपर्ने लगायतका १४ बुँदे माग गरिएको छ ।
निर्माण उद्योगका विद्यमान समस्याहरूको पहिचान गरी समाधानका लागि जिल्ला प्रशासन मार्फत सम्माननीय प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाइएको रामेछाप जिल्ला निर्माण व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष कृष्ण थापामगरले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी दुवै नभएकाले प्रमुख प्रशासकीय अधिकृत मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाइएको उहाँले बताउनुभयो ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च