वीर अस्पतालमा उपचाररत संजितालाई सँगै पढेका साथीहरूको आर्थिक सहयोग

रामेछाप । रामेछापको मन्थली नगरपालिका–१ दाहाल गाउँकी २६ वर्षीय संजिता भुजेल विगत एक महिना देखि वीर अस्पताल काठमाडौँमा उपचाररत हुनुहुन्छ ।
रक्त अल्पता अर्थात् शरीरमा रगत कम भएपछि अहिले उहाँको दायाँ खुट्टाको घुँडाभन्दा मुनी काटेर उपचार भइरहेको उहाँको परिवारले जनाएको छ ।
अहिले संजिता उपचारका लागि खर्च अभाव भएको छ । उपचारमा खर्च अभाव भएपछि उहाँको परिवारले आर्थिक सहयोगको लागि सबैसँग अपिल गरेका छन् ।
यही बिचमा संजितासँगै पढेका साथीहरूले उहाँको उपचारका लागि आर्थिक सहयोग गरेका छन् ।
सदरमुकाम मन्थली स्थित तत्कालीन महेन्द्रोदय उच्च मावि मन्थली हालको मन्थली माविबाट २०५५ सालमा संजितासँगै एस.एल.सी दिएका साथीहरूले २४ हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन ।

उपचाररत संजिताको परिवारलाई सोमबार उक्त रकम हस्तान्तरण गरिएको संजिता सँगै एस.एल.सी अध्ययन गरेका तथा उपचारका लागि आर्थिक सहयोग सङ्कलन समूहका संयोजक तीर्थ सुवेदीले बताउनुभयो ।

Advertisement

उहाँले भन्नुभयो “एस.एल.सीसम्म सँगै अध्ययन गरेको साथी अहिले बिरामी हुनुहुन्छ । उहाँको उपचारमा खर्च अभाव भएको छ । यो समयमा थोरै भए पनि उपचारमा सहयोग पुगोस् भनेर २०५५ सालमा महेन्द्रोदय उच्च मावि मन्थलीमा एस.एल.सी दिएका साथीहरूले उठाएर २४ हजार रुपैयाँ सहयोग गरेका हौँ ।”

आर्थिक सहयोग बुझ्दै बिरामीका ससुरा भक्तबहादुर भुजेल र सासू कमला भुजेलले सबैले सहयोग गरिदिन आग्रह गर्नुभयो । विगत केही वर्षयता एक्कसी जटिल प्रकारको बिरामीबाट ग्रसित भुजेलको उपचारमा धेरै खर्च भइसके पनि रोग निको नभएपछि सबैसँग सहयोगको अपिल गरिएको संजिताको ससुरा भक्तले बताउनुभयो ।

Advertisement

६ र ३ वर्षकी दुई वटी छोरीकी आमा संजिताको स्वास्थ्य अवस्था गम्भीर रहेको सासू कमलाले बताउनुभयो ।

 

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च