रामेछाप । यही माघ १६, १७ र १८ गते हुने मन्थली नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारीलाई तीव्रता बनाइएको छ ।
प्रतियोगिता नजिकिएसँगै मन्थली नगर खेलकुद विकास समितिले तयारीलाई तीव्रता दिएको हो ।
प्रतियोगिताको तयारीका लागि मङ्गलवार मन्थली नगर खेलकुद विकास समितिका अध्यक्ष गोपाल माझीको अध्यक्षतामा नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन, व्यवस्थापन तथा निर्देशन समितिको बैठक बसेको छ ।
Advertisement
बैठकले माघ १६ गते बिहान साढे १० बजे मन्थली माविको प्राङ्गणमा प्रतियोगिताको उद्घाटन गर्ने लगायतका ७ वटा निर्णयहरू गरेको छ । उक्त बैठकले भव्य र सव्य रूपमा प्रतियोगिता सम्पन्न गर्नका लागि विभिन्न समिति गठन गरी जिम्मेवारी पनि प्रदान गरेको छ ।
विगतका अनुभवलाई हेरेर यो वर्ष सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगतका विभिन्न विधागत खेल प्रतियोगिताका लागि संयोजकहरू समेत तोकिएका मन्थली नगर खेलकुद विकास समितिका अध्यक्ष गोपाल माझीले जानकारी दिनुभयो ।
Advertisement
उहाँका अनुसार प्रतियोगिता अन्तरगत विधागत रूपमा सञ्चालन हुने खेलहरू भलिबलको शुक्रबहादुर माझी, कबड्डीको सुरेश भुजेल, एथलेटिक्सको रामकुमार श्रेष्ठ र मार्सल आर्टकाको देवेन्द्र श्रेष्ठ संयोजक तोकिएका छन् ।
१४ वटा वडाहरू रहेको मन्थली नगरपालिकाले यो वर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि २३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
Advertisement
प्रतिक्रिया