भन्डै ४ वर्षमा बन्यो मन्थली अस्पतालको नयाँ भवन, माघ २७ गतेदेखि सेवा सञ्चालन गर्ने तयारी

रामेछाप । रामेछाप जिल्लाकै सबै भन्दा बढी बिरामीको चाप हुने मन्थली अस्पतालको भवन बनेको छ । सदरमुकाम मन्थलीमा सञ्चालित यो अस्पतालको भवन २०७९ मङ्सिरसम्म निर्माण सम्पन्न गर्ने गरी २०७८ भदौ १० गते शिलान्यास भएको थियो ।

तर निर्माण व्यवसायीले दुई वर्ष भन्दा बढी ढिला गरी भवन निर्माणको काम सकेको हो । १५ शय्याको अस्पताल भवन गत बुधवार मन्थली नगरपालिकालाई हस्तान्तरण गरिएको छ । भारत सरकारको आर्थिक सहयोगमा दश करोड १३ लाख रुपैयाँ लगानीमा सघन सहरी तथा भवन निर्माण आयोजना मार्फत निर्माण भएको उक्त भवन नगर प्रमुख लव श्रेष्ठलाई हस्तान्तरण गरिएको हो ।

Advertisement

भवन बनेसँगै अस्पतालको सेवालाई थप प्रभावकारी रूपमा सञ्चालन गर्न धेरै सहज हुने मन्थली नगरपालिका स्वास्थ्य शाखा प्रमुख केशवराज फुयाँल बताउनुहुन्छ । उहाँले भन्नुभयो “ढिलै भए पनि अस्पताल भवन बनेको छ । आवश्यक भौतिक संरचनाको अभावमा अस्पतालको सेवा सञ्चालनमा केही समस्या थियो । अब अस्पतालको सेवालाई अझै प्रभावकारी रूपमा सञ्चालन गर्न ठाउँको अभाव हुँदैन ।”

नगरपालिकाले अस्पताल स्थापना दिवसका दिन यही माघ २७ गतेदेखि नयाँ भवनबाट सेवा सञ्चालन गर्ने तयारी भइरहेको पनि उहाँले बताउनुभयो ।
मन्थली नगरपालिकाले मन्थली प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शय्याको अस्पतालका रूपमा विकास गरी २०७८ माघदेखि मन्थली नगर अस्पतालका रूपमा सञ्चालन गरिरहेको छ । यो अस्पताले दैनिक २०० भन्दा बढी नागरिकलाई सेवा दिँदै आएको छ । यो अस्पतालबाट रामेछाप सहित छिमेकी ओखलढुङ्गा, दोलखा, सोलुखुम्बु र सिन्धुली जिल्लाका नागरिकले सेवा लिँदै आएका छन् ।

Advertisement

केही वर्ष ढिला गरी भए पनि भवन बनेपछि अस्पताल सञ्चालन र व्यवस्थापन गर्न नगरलाई सहज हुने मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठ बताइनुहुन्छ । उहाँले भन्नुभयो “ केही वर्ष ढिलै भए पनि अस्पतालको भवन बनेको छ । यो हाम्रो लागि खुसीको कुरा पनि हो । अब नयाँ भवन भएपछि अस्पतालको सेवा विस्तार गर्ने नगरको योजना छ ।”

नगरको योजनाअनुसार मन्थली अस्पताललाई प्रदेश अस्पतालका रूपमा विस्तार गरिने पनि नगर प्रमुख श्रेष्ठले बताउनुभयो । अहिले नयाँ बनेको भवनबाट अस्पतालको सेवा सञ्चालनका लागि नगरपालिका आवश्यक तयारी तथा व्यवस्थापनमा लागि रहेको उहाँले बताउनुभयो ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च